ट्रम्पको निशानामा विश्वविद्यालय, हार्वर्डको २ अर्ब डलरको कोष रोक्का
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएर सत्तामा पुनरागमन गरेपछि विभिन्न शिर्षकमा खर्च कटौतीको लागि भन्दै अनेक प्रतिबन्ध र आर्थिक सहायता रोक्का गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा हार्वर्ड विश्वविद्यालय पनि परेको छ ।
नीति सुधारका लागि गत साता पठाइएको सूची अस्वीकार गरेको कारण देखाउँदै ह्वाइट हाउसले हार्वर्डको दुई अर्ब डलरको कोष नै रोक्का गरेको समाचार संस्था बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार ह्वाइट हाउसले गत साता हार्वर्डलाई मागहरूको सूची पठाएर नीतिगत परिवर्तनको लागि भनेको थियो । ट्रम्प प्रशासनले पठाएका मागमा शासन, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनहरू समावेश थिए ।
राष्ट्रपति ट्रम्पले गत वर्ष गाजामा भएको युद्ध र इजरायललाई अमेरिकी समर्थनको विरोधमा देशभरका कलेज क्याम्पसहरू उथलपुथल हुँदा प्रमुख विश्वविद्यालयहरूले यहुदी विद्यार्थीहरूलाई सुरक्षा दिन असफल भएको आरोप लगाएका छन् । त्यसैलाई मध्यनजर गर्दै उनले हार्वर्ड विश्वविद्यालयको शैक्षिक प्रणाली, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनको लागि भनेको थियो ।
उक्त मागहरू हार्वर्डले अस्वीकार गरेपछि ट्रम्प प्रशासनले सोमबार कोषमा भएको रकम रोक्का गर्ने निर्णय गरेको हो । हार्वर्ड विश्वविद्यालयलाई ट्रम्प प्रशासनले पठाएको माग अस्वीकार गर्न आह्वान गर्दै भएको प्रदर्शन ।
हार्वर्डलाई पठाइएको पत्रमा मागहरूको अद्यावधिक र विस्तारित सूची पठाइएको थियो । साथै, ट्रम्प प्रशासनले सरकारसँगको आर्थिक सम्बन्ध कायम राख्न सरकारले भनेको कुरा पालना गर्नुपर्ने चेतावनी पनि दिएको थियो ।
‘हामीले हाम्रो कानुनी सल्लाहकारमार्फत प्रशासनलाई जानकारी गराएका छौं कि हामी उनीहरूको प्रस्तावित सम्झौता स्वीकार गर्दैनौं,’ विश्वविद्यालयका एक अधिकारीले भने, ‘विश्वविद्यालयले आफ्नो स्वतन्त्रता त्याग्ने छैन वा आफ्नो संवैधानिक अधिकार त्याग्ने छैन ।’
ट्रम्प प्रशासनको नीति परिवर्तन गर्न दबाबलाई अस्वीकार गर्ने यो पहिलो प्रमुख अमेरिकी विश्वविद्यालय भएको बीबीसीको भनाइ छ ।
Comments
अरु समाचार
-
हर्क साम्पाङले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा
काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति गैरजिम्मेवार बनेको आरोप...
-
वालेन्द्रको अटेरीमा रास्वपाका दुई शब्दः परिवर्तन र क्रमभंगता, कहिलेसम्म टिक्ला यस्तो चर्तिकला ?
काठमाडौं । अघिल्लो संसद्मा प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर संसद अवरुद्ध पार्ने प्रमुख दलमध्ये एक थियो राष्ट्रिय स्वतन्त्र पार्टी। तत्कालीन...
-
एमाले सचिवालय बैठक शनिबार बस्दै
काठमाडौँ । नेकपा एमाले को सचिवालय बैठक शनिबार बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्थालाई ध्यानमा...
-
गैरकानुनी सम्पत्ति छानबिनका लागि आयोगको सार्वजनिक सूचना
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले गैरकानुनी रूपमा आर्जित सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आह्वान...
-
जडीबुटी प्रशोधनको आवरणमा ‘प्रकृतिको अवैध दोहन’
काठमाडौं। नेपालको पहाडी र हिमाली भेगका जडीबुटीलाई आर्थिक समृद्धिको आधार मानिन्छ। तर, यही समृद्धिको नारालाई ढाल बनाएर केही विदेशी लगानीकर्ता...
-
संसदमा उठेका प्रश्नको जवाफ वालेन्द्रले नदिने, वाग्लेलाई जिम्मा दिएपछि के गर्लान प्रतिपक्षी दल?
काठमाडौं । सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहँदा आजको बैठकका लागि अर्थमन्त्री डा. स्वर्णिम...
-
प्रदीप अधिकारी र षडयन्त्रमा सहभागीविरुद्ध मुद्दा दर्ता, अन्यको हकमा प्रमाण पुगेमा फेरि मुद्दा लगिने
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तत्कालीन नेपाल नागरिक उड्डयन प्राधिकरण...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...












