रास्वपामा भाँडभैलोः कोशी प्रदेश इन्चार्जले दिए राजीनामा
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद चर्किन थालेको छ । रास्वपा कोशी प्रदेश इन्चार्जले आफूलाई पार्टीले बर्खास्त गरेको भन्दै पदबाट राजीनामा दिएका छन् ।
कोशी प्रदेश इन्चार्ज समेत रहेका संगठन विभागका सदस्य ओमनाथ भण्डारीले बिहीबार बसेको केन्द्रिय समिति बैठकले आफूलाई सोध्दै नसोधि जिम्मेवारी मुक्त गरेको भन्दै साधारण सदस्यमात्रै रहने गरि राजीनामा दिएका हुन् ।
‘आजको मितिसम्म राष्ट्रिय स्वतन्त्र पार्टी, कोसी प्रदेशको इन्चार्ज र केन्द्रीय संगठन विभाग सदस्यको भूमिका निर्वाह गरिरहेको थिएँ,’ भण्डारीले भनेका छन्, ‘सायद पार्टीले वैकल्पिक राजनीतिक दल रास्वपामा ‘एक पद एक व्यक्ति’ हुनुपर्छ भन्ने अवधारणा अनुसार कामकारबाही अगाडि बढाउँन होला, केन्द्रीय नेतृत्वले मलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट बर्खास्त गर्यो ।’
आफुलाई जिम्मेवारीबाट हटाएको विषयमा उनले मूल्य मान्यताविपरित आफूलाई बर्खास्त गरेको आरोप लगाएका छन् । यस्तै, पार्टी सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा पनि चर्चामा छ ।
सुमनाले गलत समयमा आफ्नो राजीनामा बाहिर ल्याएको भन्दै असन्तुष्टी पोखेकी छन् । रास्वपाका कार्यबहाक सभापति डीपी अर्यालको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
रासँपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकणमा पूर्पक्षका लागि थुनामा गएपछि रास्वपाको विवाद थप चर्किन थालेको छ । उसोतः केहिले रास्वपाभित्र भाँडभैलो मच्चिन लागेको भन्दै अनेक टिप्पणी समेत गर्न थालेका छन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












