रास्वपामा भाँडभैलोः कोशी प्रदेश इन्चार्जले दिए राजीनामा
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद चर्किन थालेको छ । रास्वपा कोशी प्रदेश इन्चार्जले आफूलाई पार्टीले बर्खास्त गरेको भन्दै पदबाट राजीनामा दिएका छन् ।
कोशी प्रदेश इन्चार्ज समेत रहेका संगठन विभागका सदस्य ओमनाथ भण्डारीले बिहीबार बसेको केन्द्रिय समिति बैठकले आफूलाई सोध्दै नसोधि जिम्मेवारी मुक्त गरेको भन्दै साधारण सदस्यमात्रै रहने गरि राजीनामा दिएका हुन् ।
‘आजको मितिसम्म राष्ट्रिय स्वतन्त्र पार्टी, कोसी प्रदेशको इन्चार्ज र केन्द्रीय संगठन विभाग सदस्यको भूमिका निर्वाह गरिरहेको थिएँ,’ भण्डारीले भनेका छन्, ‘सायद पार्टीले वैकल्पिक राजनीतिक दल रास्वपामा ‘एक पद एक व्यक्ति’ हुनुपर्छ भन्ने अवधारणा अनुसार कामकारबाही अगाडि बढाउँन होला, केन्द्रीय नेतृत्वले मलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट बर्खास्त गर्यो ।’
आफुलाई जिम्मेवारीबाट हटाएको विषयमा उनले मूल्य मान्यताविपरित आफूलाई बर्खास्त गरेको आरोप लगाएका छन् । यस्तै, पार्टी सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा पनि चर्चामा छ ।
सुमनाले गलत समयमा आफ्नो राजीनामा बाहिर ल्याएको भन्दै असन्तुष्टी पोखेकी छन् । रास्वपाका कार्यबहाक सभापति डीपी अर्यालको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
रासँपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकणमा पूर्पक्षका लागि थुनामा गएपछि रास्वपाको विवाद थप चर्किन थालेको छ । उसोतः केहिले रास्वपाभित्र भाँडभैलो मच्चिन लागेको भन्दै अनेक टिप्पणी समेत गर्न थालेका छन् ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











