तीव्र गतिको कार रूखमा ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते
काठमाडौं । कोसी राजमार्गअन्तर्गत सुनसरीको इटहरीमा भयानक कार दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–२०, पानीपिया जंगलमा शनिबार राति ११ बजेतिर प्र–०१–०३० च ४६१८ नम्बरको कार आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो। उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
दुर्घटनामा कारमा सवार इटहरी–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको हो। त्यस्तै, घाइते हुनेमा कार चालक सुनसरीको रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, यात्रुहरू इटहरी–४ का ४३ वर्षीय गंगा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल रहेका छन्।
कारमा चालकसहित ४ जना सवार उक्त कार धरानबाट इटहरीतर्फ जाँदै गर्दा अनियन्त्रीत भएर रुखमा ठोकिन पुगेको थियो ।
Comments
अरु समाचार
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
एमाले महाधिवेशन : मनोनीत १०८ प्रतिनिधिको सूचीप्रति ईश्वर पोखरेलको आपत्ति !
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति मनोनीत १०८ प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एमाले महाधिवेशनः उद्घाटन स्थलमा उच्च सुरक्षा सतर्कता,बम डिटेक्टर र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन उद्घाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ ।...
-
एमालेको ११औँ महाधिवेशन आजदेखि, यस्ताे छ भव्य तयारी !
काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा आजदेखि सुरु हुँदै छ । एमाले प्रचार तथा प्रकाशन...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...












