ताजा समाचार

एमाले नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त

काठमाण्डौ । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका हुन्।

शिक्षामन्त्री विद्या भट्टराईले सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले बुधबार पन्तको नाम सिफारिश गरेको थियो । पन्तको शपथ ग्रहण बिहीबार हुनेछ ।

राष्ट्रपतिको कार्यालयले नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पुनर्गठनको सूची सार्वजनिक गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org