बोल्दा रहेछन् पू्र्वराजा ज्ञानेन्द्र शाह पनि !
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको पहलगममा भएको हत्या प्रकरणमा धारणा सार्वजनिक गरेका छन् । भारतको कास्मिरको पहलगम क्षेत्रमा भएको वर्वर हत्याको विरोधमा पूर्वराजा ज्ञानेन्द्रले हिन्दु धर्मावलम्बीमाथिको आक्रमण भनेका छन् ।
पहलगममा एक नेपालीको समेत हत्या भएको थियो । यो विषयमा अहिले भारत पाकिस्तान तनाव चुलिएको छ । यो घटनाको संसारभरबाट विरोध भइरहेको छ । तर, उनै ज्ञानेन्द्रलाई गद्दीमा बसाउने भन्दै काठमाडाैंको तीनकुनेमा चलेको आन्दोलनमा दुई जनाको ज्यान जानुका साथै लुटपाट र आतंक फैलाइएको थियो । यो विषयमा भने पूर्वराजा ज्ञानेन्द्र धेरै विवाद चलेपछि ढिला गरि नयाँ वर्षको अवसरमा शुभकामना दिने नाममा बोलेका थिए ।
लामो समय माैनता साँधेका पूर्वराजा भारतमा भएको आक्रमणमा किन छिटो बोले ? यो विषयमा समेत अनेक अड्कलबाजी चलिरहेका छन् । कतिपयले त भारतको घटनामा छिटो बोल्दा आफूलाई भारतीय पक्षले साथ दिने ठानेको समेत भनिरहेका छन् ।
राजगद्दीमा फर्किने रहर पालेका पूर्वराजा ज्ञानेन्द्र भारतमा भएको घटनामा हिन्दु धर्मलाई जोडेर बोल्ने विषय र तीनकुने प्रकरणमा लामो समय माैनता साँध्नुमा गम्भीर रहस्य लुकेको बताइन्छ । भारतीय संस्थापन पक्ष कट्टर हिन्दुवादी रहेको र यसलाई जोड्न सकिए, सत्तामा फर्किन सहज हुने ठानेका ज्ञानेन्द्रले भएभरको शक्ति प्रयोग गर्न थालेका छन् ।
‘पूर्वराजा सत्ता फर्काउन सहयोग गर्ने प्रभु सत्ताका अघि घुडा टेक्ने रहेछन् । मानवियताको हिसावले भन्दा पनि सत्तामोहमा चुर्लुम्म पूर्वराजा तीनकुने प्रकरणमा बोल्दै बोलेनन् । धेरै विरोध र आलोचना भएपछि बल्ल नयाँ वर्षको शुभकामना सन्देशको नाममा जनआन्दोलनको नाम दिएर केहि वचाउ गरे । यसले के देखाउँछ भने, ज्ञानेन्द्र स्वार्थ पुरा हुने देखिए बोल्दा रहेछन् ।’ एक विशिष्ट सरकारी अधिकारीले भने ।
पूर्वराजाले सक्रियता देखाइरहेको बेला राजनीतिक दलहरुले भने उनको प्रयास असफल भइसकेको भन्ने गरेका छन् ।
Comments
अरु समाचार
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...











