बोल्दा रहेछन् पू्र्वराजा ज्ञानेन्द्र शाह पनि !
काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको पहलगममा भएको हत्या प्रकरणमा धारणा सार्वजनिक गरेका छन् । भारतको कास्मिरको पहलगम क्षेत्रमा भएको वर्वर हत्याको विरोधमा पूर्वराजा ज्ञानेन्द्रले हिन्दु धर्मावलम्बीमाथिको आक्रमण भनेका छन् ।
पहलगममा एक नेपालीको समेत हत्या भएको थियो । यो विषयमा अहिले भारत पाकिस्तान तनाव चुलिएको छ । यो घटनाको संसारभरबाट विरोध भइरहेको छ । तर, उनै ज्ञानेन्द्रलाई गद्दीमा बसाउने भन्दै काठमाडाैंको तीनकुनेमा चलेको आन्दोलनमा दुई जनाको ज्यान जानुका साथै लुटपाट र आतंक फैलाइएको थियो । यो विषयमा भने पूर्वराजा ज्ञानेन्द्र धेरै विवाद चलेपछि ढिला गरि नयाँ वर्षको अवसरमा शुभकामना दिने नाममा बोलेका थिए ।
लामो समय माैनता साँधेका पूर्वराजा भारतमा भएको आक्रमणमा किन छिटो बोले ? यो विषयमा समेत अनेक अड्कलबाजी चलिरहेका छन् । कतिपयले त भारतको घटनामा छिटो बोल्दा आफूलाई भारतीय पक्षले साथ दिने ठानेको समेत भनिरहेका छन् ।
राजगद्दीमा फर्किने रहर पालेका पूर्वराजा ज्ञानेन्द्र भारतमा भएको घटनामा हिन्दु धर्मलाई जोडेर बोल्ने विषय र तीनकुने प्रकरणमा लामो समय माैनता साँध्नुमा गम्भीर रहस्य लुकेको बताइन्छ । भारतीय संस्थापन पक्ष कट्टर हिन्दुवादी रहेको र यसलाई जोड्न सकिए, सत्तामा फर्किन सहज हुने ठानेका ज्ञानेन्द्रले भएभरको शक्ति प्रयोग गर्न थालेका छन् ।
‘पूर्वराजा सत्ता फर्काउन सहयोग गर्ने प्रभु सत्ताका अघि घुडा टेक्ने रहेछन् । मानवियताको हिसावले भन्दा पनि सत्तामोहमा चुर्लुम्म पूर्वराजा तीनकुने प्रकरणमा बोल्दै बोलेनन् । धेरै विरोध र आलोचना भएपछि बल्ल नयाँ वर्षको शुभकामना सन्देशको नाममा जनआन्दोलनको नाम दिएर केहि वचाउ गरे । यसले के देखाउँछ भने, ज्ञानेन्द्र स्वार्थ पुरा हुने देखिए बोल्दा रहेछन् ।’ एक विशिष्ट सरकारी अधिकारीले भने ।
पूर्वराजाले सक्रियता देखाइरहेको बेला राजनीतिक दलहरुले भने उनको प्रयास असफल भइसकेको भन्ने गरेका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











