राप्रपा नेपालको कार्यक्रम स्थल रत्नपार्कको शान्तिबाटिकामा सारियो
काठमाडौं । राप्रपा नेपालको आयोजनामा आज सोमबार भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रम रत्नपार्कको शान्तिबाटिकामा हुने भएको छ। पार्टीका महामन्त्री राजाराम बर्तौलाले आइतबार बेलुकी प्रेस नोट जारी गर्दै कार्यक्रमस्थल परिवर्तन गरिएको जानकारी दिए।
चैत १५ गते तीनकुने घटनामा पक्राउ परेकाको तत्काल रिहाई र राजसंस्था र धर्मनिरपेक्षताको विरोधमा बन्देज लगाउने कानुन निर्माण हुन लागेकामा त्यो तत्काल रोकिनुपर्ने भन्दै सोमबार हुने जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको समेत उनले जानकारी दिए।
ुपार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुनेछ। समान विचार भएका दल, समूह, अभियान, संघ(संस्था र व्यक्तिहरूलाई सक्रिय सहभागिताका लागि पत्राचार गरेका छौं। सबैको साथ, सहयोगको प्रतिबद्धता पाएका छौं, हामी उत्साहित छौं,ु उनले भने।
ुपार्टी अध्यक्ष कमल थापाले विभिन्न शीर्ष नेताहरूसँग सम्पर्क, समन्वय गर्नुभएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टसँग अध्यक्षज्यूको कुरा भएको छ। आउने वचन दिनुभएको अध्यक्षज्यूबाट जानकारी भएको छ,ु बर्तौलाले थपे।
उनका अनुसार राष्ट्र बचाउ अभियान, नेपाली कांग्रेस ९बिपी०, शिव सेना नेपाल लगायत विभिन्न संघ, संस्थाहरूसँग पनि समन्वय भएको र निमन्त्रणा गरिएको छ। पार्टीको सम्पूर्ण संयन्त्र परिचालन भएको, तल्लो तहसम्म क्रियाशील भएको र भ्रातृ संगठनहरू चलायमान भएको पनि उनले बताए।
अनावश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको व्यवस्था गरिएको छ भने कार्यक्रमपछि सरसफाईको निमित्त भ्रातृ संगठन समन्वय विभागले टिम निर्माण गरिसकेको पार्टीले जनाएको छ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












