राप्रपा नेपालको कार्यक्रम स्थल रत्नपार्कको शान्तिबाटिकामा सारियो
काठमाडौं । राप्रपा नेपालको आयोजनामा आज सोमबार भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रम रत्नपार्कको शान्तिबाटिकामा हुने भएको छ। पार्टीका महामन्त्री राजाराम बर्तौलाले आइतबार बेलुकी प्रेस नोट जारी गर्दै कार्यक्रमस्थल परिवर्तन गरिएको जानकारी दिए।
चैत १५ गते तीनकुने घटनामा पक्राउ परेकाको तत्काल रिहाई र राजसंस्था र धर्मनिरपेक्षताको विरोधमा बन्देज लगाउने कानुन निर्माण हुन लागेकामा त्यो तत्काल रोकिनुपर्ने भन्दै सोमबार हुने जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको समेत उनले जानकारी दिए।
ुपार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुनेछ। समान विचार भएका दल, समूह, अभियान, संघ(संस्था र व्यक्तिहरूलाई सक्रिय सहभागिताका लागि पत्राचार गरेका छौं। सबैको साथ, सहयोगको प्रतिबद्धता पाएका छौं, हामी उत्साहित छौं,ु उनले भने।
ुपार्टी अध्यक्ष कमल थापाले विभिन्न शीर्ष नेताहरूसँग सम्पर्क, समन्वय गर्नुभएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टसँग अध्यक्षज्यूको कुरा भएको छ। आउने वचन दिनुभएको अध्यक्षज्यूबाट जानकारी भएको छ,ु बर्तौलाले थपे।
उनका अनुसार राष्ट्र बचाउ अभियान, नेपाली कांग्रेस ९बिपी०, शिव सेना नेपाल लगायत विभिन्न संघ, संस्थाहरूसँग पनि समन्वय भएको र निमन्त्रणा गरिएको छ। पार्टीको सम्पूर्ण संयन्त्र परिचालन भएको, तल्लो तहसम्म क्रियाशील भएको र भ्रातृ संगठनहरू चलायमान भएको पनि उनले बताए।
अनावश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको व्यवस्था गरिएको छ भने कार्यक्रमपछि सरसफाईको निमित्त भ्रातृ संगठन समन्वय विभागले टिम निर्माण गरिसकेको पार्टीले जनाएको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












