यसपालिको नीति तथा कार्यक्रममा ६ वटा विशेष नारा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३को नीति तथा कार्यक्रम ६ वटा नाराका साथ प्रस्तुत गरेको छ। विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका केही नारा यो पटक पनि दोहोर्याइएको छ । अन्य केही अर्थपूर्ण नाराहरू नीति तथा कार्यक्रममा अघि सारिएका छन्।
ओली पहिलो पटक प्रधानमन्त्री भएपछि अघि सारिएको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ यस पटकको नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइएको छ। अर्को श्रम क्षेत्रमा जनशक्तिको अभाव कम र सिपयुक्त शक्ति तय गर्न नयाँ नीति अघि सारिएको छ। जसको लागि ‘उद्यमशीलता मैत्री शिक्षा’ नारा अघि सारिएको छ।
‘जनताको जलविद्युत कार्यक्रम’ लाई यो पटकको नीति तथा कार्यक्रमको नारामा पनि राखिएको छ। यो कार्यक्रम अन्तर्गत जलविद्युत निर्माणका लागि स्वःपूँजी परिचालन गराइने उल्लेख छ।
यो पटक आकर्षक नाराका रूपमा ‘निरोगी नेपाल अभियान’ अघि बढाइएको छ। यो अभियान अन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुवै विधि अपनाई चिकित्सा प्रणालीका सबै पक्षको विकास गरेको बताइएको छ।
अर्को नारामा परराष्ट्र नीतिका रूपमा ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने अघि सारिएको छ। यो मान्यता अनुरूप सार्वभौमिक समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार गरिने उल्लेख छ।
यस्तै सार्वजनिक प्रशासनमा सुधार ल्याउनको लागि ‘फेस लेस सेवा’ नारा अघि सारिएको छ। यसको अर्थ नागरिकसँग प्रत्यक्ष नभेटेर पनि सरकारबाट सेवा लिन सक्नु हो।
सार्वजनिक सेवालाई प्रभावकारी बनाउन यो नीति अघि सारिएको बताइएको छ। यसको लागि नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरण बनाउने लगायतका योजना अघि सारिएको छ। सरकारले यस पटकको नीति तथा कार्यक्रममा मुख्य तय ६ विषयलाई केन्द्रित गरेको छ।
विगतमा विभिन्न सरकारले अघि सारेका कार्यक्रमलाई पुन प्राथमिकीकरण गर्ने र स्रोतले नभ्याउने तथा तयारी पूरा नभएका आयोजनालाई खारेज गर्ने योजना रहेको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











