यसपालिको नीति तथा कार्यक्रममा ६ वटा विशेष नारा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३को नीति तथा कार्यक्रम ६ वटा नाराका साथ प्रस्तुत गरेको छ। विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका केही नारा यो पटक पनि दोहोर्याइएको छ । अन्य केही अर्थपूर्ण नाराहरू नीति तथा कार्यक्रममा अघि सारिएका छन्।
ओली पहिलो पटक प्रधानमन्त्री भएपछि अघि सारिएको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ यस पटकको नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइएको छ। अर्को श्रम क्षेत्रमा जनशक्तिको अभाव कम र सिपयुक्त शक्ति तय गर्न नयाँ नीति अघि सारिएको छ। जसको लागि ‘उद्यमशीलता मैत्री शिक्षा’ नारा अघि सारिएको छ।
‘जनताको जलविद्युत कार्यक्रम’ लाई यो पटकको नीति तथा कार्यक्रमको नारामा पनि राखिएको छ। यो कार्यक्रम अन्तर्गत जलविद्युत निर्माणका लागि स्वःपूँजी परिचालन गराइने उल्लेख छ।
यो पटक आकर्षक नाराका रूपमा ‘निरोगी नेपाल अभियान’ अघि बढाइएको छ। यो अभियान अन्तर्गत प्रतिकारात्मक र उपचारात्मक दुवै विधि अपनाई चिकित्सा प्रणालीका सबै पक्षको विकास गरेको बताइएको छ।
अर्को नारामा परराष्ट्र नीतिका रूपमा ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने अघि सारिएको छ। यो मान्यता अनुरूप सार्वभौमिक समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार गरिने उल्लेख छ।
यस्तै सार्वजनिक प्रशासनमा सुधार ल्याउनको लागि ‘फेस लेस सेवा’ नारा अघि सारिएको छ। यसको अर्थ नागरिकसँग प्रत्यक्ष नभेटेर पनि सरकारबाट सेवा लिन सक्नु हो।
सार्वजनिक सेवालाई प्रभावकारी बनाउन यो नीति अघि सारिएको बताइएको छ। यसको लागि नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजिटल उपकरण बनाउने लगायतका योजना अघि सारिएको छ। सरकारले यस पटकको नीति तथा कार्यक्रममा मुख्य तय ६ विषयलाई केन्द्रित गरेको छ।
विगतमा विभिन्न सरकारले अघि सारेका कार्यक्रमलाई पुन प्राथमिकीकरण गर्ने र स्रोतले नभ्याउने तथा तयारी पूरा नभएका आयोजनालाई खारेज गर्ने योजना रहेको छ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












