अमेरिकी डिभी लोटरीको नतिजा सार्वजनिक, कसरी थाह पाउने?
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ। न्युयोर्क समय अनुसार मध्यान्ह १२ बजे उक्त नतिजा अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले अनलाइनमार्फत प्रकाशित गरेको हो।
डिभी विजेताहरूले सन् २०२५ को अक्टोबर १ बाट भिसा प्रक्रिया सुरु गर्न सक्नेछन् भने सन् २०२६ को सेप्टेम्बर ३० भित्र भिसा प्राप्त गरिसक्नुपर्नेछ। निर्धारित समयसीमाभित्र भिसा प्रक्रिया पूरा नगर्नेहरू स्वतः अयोग्य ठहरिने विदेश मन्त्रालयले जनाएको छ ।
गत वर्ष अक्टोबर २ देखि नोभेम्बर ७ सम्म आवेदन दिएका आवेदकहरूले अनलाइनमार्फत आफ्नो नतिजा जाँच गर्न सक्नेछन्। साथै, आवेदकहरूलाई कम्तीमा सन् २०२६ को सेप्टेम्बर ३० सम्म आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न सल्लाह दिइएको छ।
डिभी परे/नपरेको थाहा पाउन आवेदकले आफ्नो कन्फर्मेशन नम्बरसँगै थर र जन्मेको वर्ष इन्ट्री गर्नुपर्नेछ । यी सूचनासहित अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा दिइएको यो लिंकमा क्लिक गरी नतिजा थाहा पाउन सकिनेछ । कन्फर्मेशन नम्बर, थर र जन्मेको वर्ष इन्ट्री गरेपछि छनौट भए/नभएको र भएमा अगाडि के गर्ने भन्ने प्रक्रिया थाहा हुनेछ ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...












