पाकिस्तानविरुद्ध थप एक्शनमा उत्रिँदै भारत, जलसुविधा क्रमशः बन्द
नयाँ दिल्ली । भारतले र पाकिस्तानबीचको सम्बन्ध थप जटिल बन्दै गएको छ । कश्मिर घटनापछि चौबिस घण्टाभित्र पाकिस्तानीलाई भारत छोड्न उर्दी गरेको भारतले पाकिस्तानविरुद्ध अन्य विभिन्न निर्णयहरु गरिरहेको छ । पछिल्लो समयमा पाकिस्तानसँग सम्झौता भएर चलेका जल परियोजा नै बन्द गरिदिएको छ । पाकिस्तानसँगको सिंधु जल सन्धि निलम्बन गरेपछि चिनाब नदीको पानी राेकिदिएको छ ।
भारतीय समाचार संस्था पीटीआईका अनुसार जम्मुको रामबन जिल्लास्थित बागलिहार जलविद्युत परियोजनाबाट चिनाब नदीको बहाव रोकिएको हो। त्यस्तै, कश्मीरस्थित किशनगंगा बाँधमार्फत झेलम नदीको पानीसमेत रोक्ने तयारी भइरहेको जनाइएको छ।
यसबीच, भारतका रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै भारतमाथि आँखा लगाउनेहरुलाई कडा जवाफ दिने बताएका छन्। उनले भने, ‘रक्षा मन्त्रीको हैसियतले म आश्वस्त गराउन चाहन्छु कि देशवासीले जे चाहेका छन्, त्यो निश्चित रूपमा पूरा हुनेछ।’
यता, भारतको पंजाब राज्यअन्तर्गत पर्ने सीमावर्ती क्षेत्र फिरोजपुरको सेनाका क्याम्प र आसपासका गाउँहरूमा ‘ब्ल्याकआउट अभ्यास गरिएको छ। सो क्रममा ३० मिनेटसम्म पूरै क्षेत्र अन्धकारमा राखिएको र सबै विद्युत आपूर्ति बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












