पाकिस्तानविरुद्ध थप एक्शनमा उत्रिँदै भारत, जलसुविधा क्रमशः बन्द
नयाँ दिल्ली । भारतले र पाकिस्तानबीचको सम्बन्ध थप जटिल बन्दै गएको छ । कश्मिर घटनापछि चौबिस घण्टाभित्र पाकिस्तानीलाई भारत छोड्न उर्दी गरेको भारतले पाकिस्तानविरुद्ध अन्य विभिन्न निर्णयहरु गरिरहेको छ । पछिल्लो समयमा पाकिस्तानसँग सम्झौता भएर चलेका जल परियोजा नै बन्द गरिदिएको छ । पाकिस्तानसँगको सिंधु जल सन्धि निलम्बन गरेपछि चिनाब नदीको पानी राेकिदिएको छ ।
भारतीय समाचार संस्था पीटीआईका अनुसार जम्मुको रामबन जिल्लास्थित बागलिहार जलविद्युत परियोजनाबाट चिनाब नदीको बहाव रोकिएको हो। त्यस्तै, कश्मीरस्थित किशनगंगा बाँधमार्फत झेलम नदीको पानीसमेत रोक्ने तयारी भइरहेको जनाइएको छ।
यसबीच, भारतका रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै भारतमाथि आँखा लगाउनेहरुलाई कडा जवाफ दिने बताएका छन्। उनले भने, ‘रक्षा मन्त्रीको हैसियतले म आश्वस्त गराउन चाहन्छु कि देशवासीले जे चाहेका छन्, त्यो निश्चित रूपमा पूरा हुनेछ।’
यता, भारतको पंजाब राज्यअन्तर्गत पर्ने सीमावर्ती क्षेत्र फिरोजपुरको सेनाका क्याम्प र आसपासका गाउँहरूमा ‘ब्ल्याकआउट अभ्यास गरिएको छ। सो क्रममा ३० मिनेटसम्म पूरै क्षेत्र अन्धकारमा राखिएको र सबै विद्युत आपूर्ति बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
Comments
अरु समाचार
-
आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा...
-
सत्य निरुपण र बेपत्ता आयोगमा को को नियुक्त भए पदाधिकारी ?
काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार अबेर...
-
सर्वोच्चको आदेशसँगै केबलकार निर्माण गर्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ...
-
‘व्यवहारिक र वस्तुनिष्ठ बजेट निर्माण हुनेछ’
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमै आगामी आवको बजेट निर्माण गरिने बताएका छन्।...
-
क्यानको केन्द्रीय सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा
काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पीनर सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने...
-
प्रधानमन्त्रीद्धारा प्रेस चौतारीको प्रशिक्षण वर्ष २०८२ को लोगो सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री केपी ओलीद्धारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ । प्रेस...
-
किरातीले ‘एयरपोर्ट बनाउनु टेम्पो चलाउनु जस्तो होइन’ भनेपछि !
काठमाडौं । पूर्वमन्त्री सुदन किरातीका प्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खनिएका छन्। हर्क धरानमा बन्ने भनिएको एयरपोर्टको विषय झिकेर...
-
काठमाडाैंको मखनटोलमा आगलागी, एक महिलाको गयो ज्यान
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । घरको तेश्रो...
-
सम्पत्ति शुद्धिकरण विभाग रेकर्ड ब्रेकको योजनामा, तथ्याङ्कले के देखाउँछ ?
काठमाडाैं । सम्पत्ति शुद्धिकरण विभागको स्थापनाकालदेखि अहिलेसम्म ४ हजार ३३ उजुरी दर्ता भएका छन् । विभागमा दर्जा उजुरीमध्ये ८० प्रतिशत...