खरो आलोचना गरेका प्रचण्डसंग प्रधानमन्त्री ओलीको हार्दिकताः चर्चा एउटा विषय अर्कै !
काठमाडाैं । राष्ट्रिय राजनीतिमा अनेक शंकाहरु उब्जिएको बेला प्रधानमन्त्री केपी ओलीले नयाँ अभ्यास थालेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डलाई समेत प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरिरहेको बेला देखाएको हार्दिकतालाई अनेक कोणबाट विश्लेषण गरिएपनि हार्दिकता र राजनीतिक रुपमा व्यवहार गरिएकोबाहेक केहि नभएको एमालेको उच्च स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रमको घोर आलोचना गरेर आसनतर्फ फर्किएका प्रचण्डलाई हात मिलाएर केहि समय गफ गरे । नीति तथा कार्यक्रममा आलोचना र विरोध गर्ने प्रतिपक्षी धर्म भएपनि सकारात्मक विषयलाई सहयोग गर्नुपर्ने राजनीतिक संस्कारको विकासका लागि ओलीले आफ्ना पाइला अघि बढाएका हुन् ।
‘प्रतिपक्षी भन्न वित्तिकै बोल्नै नहुने गरि राजनीतिक संस्कार विकास भएको छ । प्रधानमन्त्री ओलीले अब यस्तो तरिकाले मुलुक बन्दैन भनेरै सबैखाले राजनीतिक शक्तिसंगको सहकार्यबाट नेपाललाई समृद्ध बनाउने अठोट गर्नु भएको छ । त्यहि अनुसारको व्यवहार देखिन थालेकोमा राजनीतिक रुपमा अनर्थ लगाउने प्रयास त चलिरहन्छन् ।’ एमाले उच्च अधिकारीले न्यूज नेपालसंग भने ।
संक्रमणकालीन न्याय प्रणालीदेखि गणतन्त्रमाथि प्रश्न उठाउने प्रयास चलिरहेको बेला प्रधानमन्त्री ओलीले देशलाई एकताबद्ध र गणतन्त्रको पक्षमा रहेकाहरुलाई समेटेर अघि बढ्न खोजेका छन् । तर, कतिपयले कांग्रेस तर्साउन प्रधानमन्त्री ओलीले प्रचण्डसंग हार्दिकता देखाएको भन्दै अर्गल प्रचार गरिरहेको एमालेको आरोप छ ।
नेपालको राजनीतिमा चतुर खेलाडी ओलीले नीति तथा कार्यक्रम र बजेट प्रक्रियालाई पारदर्शी र जनतामैत्री बनाउनका लागि प्रतिपक्षीको समेत साथ लिन खोजेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको ७ बुँदे सम्झाैता कार्यान्वयन गर्न संविधान संशोधनको एजेण्डालाई नीति तथा कार्यक्रममै समावेश गरिसकेपछि अब मुलुक सहज ढंगले अघि बढ्ने विश्लेषण समेत हुन थालेका छन् ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












