भारतको हवाई आक्रमणपछि अहिलेसम्म के-के भए ?
काठमाडौं । भारतले गत अफ्रिल २२ मा काश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको जवाफी कारबाही स्वरुप पाकिस्तानमाथि ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत गएराति पाकिस्तानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको छ।
एक नेपाली नागरिक सहित २६ जना पर्यटकको मृत्यु हुने गरि अप्रिल २२ मा भारत–नियन्त्रित कश्मीरमा भएको आतंकवादी हमलाको दोष पाकिस्तानमाथि लगाउँदै भारतले १५ दिन पछि पाकिस्तनमा सैन्य हमला गरेको हो ।
अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार गएराति भएको हमलामा पाकिस्तानका नौ स्थानलाई लक्षित गरिएको थियो । जसमा भारतले पाकिस्तानी सैन्य इलाकामा नभएर आतंकवादीहरुको अड्मा गरिएको जिकिर गरेको छ ।
हवाई हमलाबाट अहिलेसम्म कति क्षति भयो भन्ने विषयमा दुवैदेशका स्रोतहरुले फरक–फरक दावी गरिरहेका छन् । भने, हमला पछि प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री सहवाज सरिफले भारतीय सैन्य हमलाको जवाफ दिने जनाएका छन् ।
भारतको हवाई आक्रमणपछि अहिलेसम्म भएका घटनाक्रमहरु:
– जम्मू–कश्मीरीका पहलगाममा पर्यटकहरुमाथि भएको हमलाको दुई हप्ता पछि, भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा हमलाहरू गरिसकेको छ। भारतले यी हमलाहरूलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ।
-भारतले पाकिस्तानका ९ स्थानमा हमला गरेको दाबी गरेको छ।
-पाकिस्तानका विदेश मन्त्री इसहाक डारले आक्रमणमा ८ जना पाकिस्तानी नागरिकको मृत्युको भएको र ३५ जना घाइते भएको पुष्टि गरेका छन्।
-कश्मीरमा पाकिस्तानी सेनाको गोलीबारीमा तीन जना भारतीय नागरिकको मृत्यु भएको छ।
-पाकिस्तान र भारतले धेरै क्षेत्रमा स्कूल र कलेज बन्द गरेका छन्।
-भारतको सैन्य अपरेशनपछि एयर इन्डिया, स्पाइसजेट र इन्डिगोजस्ता प्रमुख एयरलाइन्सहरूले प्रभावित क्षेत्रका उडानहरू स्थगित गरेका छन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












