‘बुद्ध जयन्तीका अवसरमा बैंककमा विशेष कार्यक्रम’
काठमाडौं । बुद्ध जयन्तीको अवसरमा (मे १२ तारिख) नेपाली दूताबास थाइल्याण्डको आयोजना र गैर नेपाली आवासीय संघ थाइल्याण्डको समर्थनमा बैंककमा विशेष कार्यक्रम आयोजना गरिएको छ । “लुम्बिनी, नेपाल भगवान बुद्धको जन्मस्थल, विश्व शान्तिको मुहान“ भन्ने नाराका साथ लुम्बिनीलाई विश्वभर चिनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।
विश्व समुदायमाझ लुम्बिनीलाई पर्यटकीय तथा बुद्ध जन्मस्थल पवित्र स्थानको रुपमा चिनाउन तथा यस क्षेत्रको समृद्धिमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गैर नेपाली आवासीय संघ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले न्यूज नेपाललाई जानकारी दिनु भयो ।
कार्यक्रमका अवसरमा फ्रा ब्रह्मशाक्यवोङ्शवशुद्धि ( भिक्षु डा. अनिलमान शाक्य) ले ‘बुद्ध, लुम्बिनी र आजको विश्वमा बौद्ध धर्म’ का सम्बन्धमा विशेष भाषण गर्नु हुनेछ । प्रोफेसर रोबिन एन्ड्रयू एभलिन कोनिङ्घले लुम्बिनीमा पुरातात्विक खोजहरूको बारेमा विशेष सम्बोधन गर्नु हुनेछ । कार्यक्रममा नेपालको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानलगायतले पनि सम्बोधन गर्नु हुनेछ । कार्यक्रममा नेपाल पर्यटन बोर्डको प्रस्तुती (प्रिजेन्टेशन) हुनेछ । कार्यक्रमको दिप प्रज्ज्वलन गरेर उद्घाटन गरेपछि थाइल्याण्ड अधिराज्यका लागि नेपालका राजदूत धनबहादुर ओलीले स्वागत मन्तव्य व्यक्त गर्नु हुनेछ ।
थाइयाण्डबासीहरुले लुम्बिनीलाई बुद्ध जनमस्थल र पवित्र स्थलका रुपमा लिने गरेका छन् । बस्नेतले भन्नुभयो, ‘थाइल्याण्डका जनताले लुम्बिनीलाई असाध्य माया गर्छन्, एकपटक थाइल्याण्ड जान पाए हुन्थ्यो भन्ने सबैको चाहना हुन्छ।’ लाओस्, भियतनाम, कम्बोडियालगायत विभिन्न देशका मानिसहरुलाई कसरी थाइल्याण्डमा सेन्ट्रलाइज्ड गरेर लुम्बिनीसम्म पुर्याउन यस कार्यक्रमबाट मद्दत पुग्ने बस्नेतले जनाउनु भयो । यस कार्यक्रममा थाइल्याण्डलगायत विभिन्न देशका चारसय जनाको सहभागिता हुनेछ । कार्यक्रममा थाइल्याण्ड राजाका गुरु भिक्षु डा. अनिलमान शाक्यको उपस्थिति हुनेछ । कार्यक्रम सफल बनाउन थाइ नेपाली संघको बुद्ध विभागको पनि सहयोग रहेको छ ।
Comments
अरु समाचार
-
आज कांग्रेस केन्द्रीय समिति बैठक, स्वीकृत होला सभापति थापाको राजीनामा ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी...
-
दिउँसोदेखि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...












