‘बुद्ध जयन्तीका अवसरमा बैंककमा विशेष कार्यक्रम’
काठमाडौं । बुद्ध जयन्तीको अवसरमा (मे १२ तारिख) नेपाली दूताबास थाइल्याण्डको आयोजना र गैर नेपाली आवासीय संघ थाइल्याण्डको समर्थनमा बैंककमा विशेष कार्यक्रम आयोजना गरिएको छ । “लुम्बिनी, नेपाल भगवान बुद्धको जन्मस्थल, विश्व शान्तिको मुहान“ भन्ने नाराका साथ लुम्बिनीलाई विश्वभर चिनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।
विश्व समुदायमाझ लुम्बिनीलाई पर्यटकीय तथा बुद्ध जन्मस्थल पवित्र स्थानको रुपमा चिनाउन तथा यस क्षेत्रको समृद्धिमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गैर नेपाली आवासीय संघ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले न्यूज नेपाललाई जानकारी दिनु भयो ।
कार्यक्रमका अवसरमा फ्रा ब्रह्मशाक्यवोङ्शवशुद्धि ( भिक्षु डा. अनिलमान शाक्य) ले ‘बुद्ध, लुम्बिनी र आजको विश्वमा बौद्ध धर्म’ का सम्बन्धमा विशेष भाषण गर्नु हुनेछ । प्रोफेसर रोबिन एन्ड्रयू एभलिन कोनिङ्घले लुम्बिनीमा पुरातात्विक खोजहरूको बारेमा विशेष सम्बोधन गर्नु हुनेछ । कार्यक्रममा नेपालको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानलगायतले पनि सम्बोधन गर्नु हुनेछ । कार्यक्रममा नेपाल पर्यटन बोर्डको प्रस्तुती (प्रिजेन्टेशन) हुनेछ । कार्यक्रमको दिप प्रज्ज्वलन गरेर उद्घाटन गरेपछि थाइल्याण्ड अधिराज्यका लागि नेपालका राजदूत धनबहादुर ओलीले स्वागत मन्तव्य व्यक्त गर्नु हुनेछ ।
थाइयाण्डबासीहरुले लुम्बिनीलाई बुद्ध जनमस्थल र पवित्र स्थलका रुपमा लिने गरेका छन् । बस्नेतले भन्नुभयो, ‘थाइल्याण्डका जनताले लुम्बिनीलाई असाध्य माया गर्छन्, एकपटक थाइल्याण्ड जान पाए हुन्थ्यो भन्ने सबैको चाहना हुन्छ।’ लाओस्, भियतनाम, कम्बोडियालगायत विभिन्न देशका मानिसहरुलाई कसरी थाइल्याण्डमा सेन्ट्रलाइज्ड गरेर लुम्बिनीसम्म पुर्याउन यस कार्यक्रमबाट मद्दत पुग्ने बस्नेतले जनाउनु भयो । यस कार्यक्रममा थाइल्याण्डलगायत विभिन्न देशका चारसय जनाको सहभागिता हुनेछ । कार्यक्रममा थाइल्याण्ड राजाका गुरु भिक्षु डा. अनिलमान शाक्यको उपस्थिति हुनेछ । कार्यक्रम सफल बनाउन थाइ नेपाली संघको बुद्ध विभागको पनि सहयोग रहेको छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











