तीनकुने घटनाको मातापिता को हुन् ? राजावादीलाई प्रधानमन्त्रीको प्रश्न !
काठमाडौं । राजतन्त्र र हिन्दु राष्ट्रको माग सहित गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेकोे हिंसात्क प्रर्दशनको जिम्मा कसैले नलिएको बताएका छन् ।
आज(आइतबार) बैशाख २८ गते बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पक्षधरलाई चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनीको जिम्मेवारीबाट पन्छिएको आरोप लगाएका हुन् ।
उनले भने, ‘आह्वान कल्ले गरेको थियो चैत्र १५ गतेको ? त्यस वितण्डाको आयोजक को थियो ? अहिले कोही माईबाप नै निस्किँदैन त्यो दिनको घटनाको । बेवारिस !’, ओलीले भने, ‘जन्माउने को हो ? मातापिता को हुन् ? पत्तो छैन अहिले त ! तपाईं हो भन्दा ‘म त होइन’ भन्छ…तपाईं हो भन्दा म त होइन…। कोही पनि होइन भन्छ, सबै निर्दोष छ । के ती घर आफैँ दशा लागेर जले । के त्यो जडीबुटीको औषधी कारखाना दिक्क लागेर अब आफैँ जल्छु भनेर आत्मदाह गरेको हो त्यल्ले ? त्यत्रो गरेको छ त ! मान्छे को हो ?’
बैठकमा बोल्दै प्रधानमन्त्रीले चैत १५ गतेको हिंसात्मक प्रदर्शनबारे राजतन्त्र पुनःस्थापना पक्षधर सांसद्हरूलाई प्रश्न गरे । ओली संसद्मा सरकारका नीति तथा कार्यक्रममाथि सांसद्ले गरेका प्रश्नको जवाफ दिँदै यस विषयलाई पनि उठाएका हुन् ।
अकल्पनीय रुपमा आन्दोलनकारीहरु उग्र बनेर एकाएक हिंसात्मक बनेको उक्त आन्दोलनमा एक पत्रकार सहित दुईजनाको मृत्यू भएको थियो भने, धेरै प्रहरी तथा प्रर्दशनकारी घाईते हुनुका साथै विभिन्न संरचनामा तोडफोड, आगजनी, लुटपाट र चोरि भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा विभिन्न व्यक्तिहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












