एम्बाप्पेको ह्याट्रिकका बाबजुद रियल मड्रिड हार्यो, बार्सिलोना उपाधि नजिक !
काठमाडौं । यूरोपमा जारि स्पेनिस ला–लिगाको सर्वाधिक महत्त्वपूर्ण खेल मानिने ‘एल क्लासिको’ मा पुनः बार्सिलोनाले बाजि मार्दा यो पटक रियल मड्रिड उपाधि होडबाट लगभग बाहिरिएको छ ।
दुई गोलको अग्रतालाई समेत जोगाउन नसकेको रियलले केलियन एम्बाप्पेको ह्याट्रिकका बाबजुद पनि ४–३ गोलले पराजित भएको छ ।
एम्बाप्पेले खेलको पाँचौँ र १४ औँ मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । तर बार्सिलोनाले पहिलो हाफमै ४ गोल फर्कायो । एरिक गार्सिया, लामिन यामालले समान १ र राफिन्हाले २ गोल गरे।
एरिकले १९, लामिनले ३२ तथा राफिन्हाले ३४ र ४५ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा ४(२ को अवस्थामा लगे । दोस्रो हाफमा एम्बाप्पेले पुनः गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए तर त्यो पर्याप्त भएन र खेल बार्सिलोनाले जित्यो ।
ला(लिगाको तीन खेल बाँकी रहँदा अब च्याम्पियन हुन बार्सिलोनालाई एक खेल जिते पुग्ने भएको छ। रियल भन्दा ७ अङ्क अघि रहेको बार्सिलोनाले यो सिजन क्लासिकोको सबै चार खेलमा रियललाई पराजित गरिदिएको हो ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











