संसारका सबैभन्दा गरिब पूर्वराष्ट्रपतिको ८९ वर्षमा निधन !
काठमाडौं । ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ भनेर परिचित ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको छ ।
राष्ट्रपति शाशन कालमा अत्यन्त साधारण जीवनशैली अपनाएकै कारण उनलाई ‘विश्वमै सबैभन्दा गरिब राष्ट्रपति’ भन्ने गरिएको थियो ।
पूर्वराष्ट्रपति ‘पेप’(उनलाई पेपे पनि भन्थ्यिो)को निधनको कारण भने अझै खुलिसकेको छैन । यद्यपि उनी खाद्य नलीको क्यान्सरबाट पीडित थिए ।
उरुग्वेका वर्तमान राष्ट्रपति यामाण्डु ओरसीले पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको जानकारी दिँदै एक्समा लेखेका छन्,
‘तपाईंले हामीलाई जे दिनु भएको छ, त्यसका लागि र जनतामा अगाध प्रेमका लागि धन्यवाद ।’
को हुन् होसे मुहिका ?
उनी सन् २०१० देखि सन् २०१५सम्म उरुग्वेको राष्ट्रपति बनेका थिए । राष्ट्रपति बनेपछि पनि मुहिका सन् २०१५ मा उरुग्वेको संसदको सिनेटर बनेका थिए ।
तर कार्यकाल सकिनुभन्दा अगाडि नै उनले पदबाट राजीनामा दिएका थिए । त्यतिबेला ८३ वर्षका मुहिकाले भनेका थिए– मैले आफ्नो कार्यकाल पूरा गर्न सक्दिनँ । किनकि यो लामो यात्रामा म थाकिसकेको छु ।
सिनेटको अध्यक्ष एवम् उपराष्ट्रपति लुसिया तोपोलान्स्कीलाई उनले आफ्नो राजीनामा पत्र पुयाएका थिए । लुसिया मुहिकाकी श्रीमती हुन् ।
उक्त पत्रमा राजीनामा दिनुको कारण ‘व्यक्तिगत’ लेखिएको थियो । राजनीतिबाट रिटायर्ड भएपछि उनले पेन्सन लिन समेत इन्कार गरे । पदमा रहँदा पनि उनले आफ्नो सबै पारिश्रमिक दान गरेका थिए ।
मुहिका राष्ट्रपति बनेपछि विशाल भवनमा बस्न अस्वीकार गरेका थिए । उनी आफ्नी पत्नीसँग राजधानी मोन्टेविडियोको बाहिरी इलाकाको एक फार्म हाउसमा बसेका थिए । यी दुवै पति–पत्नी विद्रोही ग्रुपका सदस्य समेत थिए ।
राष्ट्रपतिको पदमा रहुन्जेलसम्म उनले आफ्नो अधिकांश तलब दान गरेका थिए । सन् २०१० मा राष्ट्रपति बनेपछि उनीसँग सम्पत्तिको नाममा केबल १९८७ फोक्सवागन भिटल कार थियो ।
हल्का नीलो रंगको उक्त कार निकै प्रसिद्ध थियो । सन् २०१४ मा एक व्यक्तिले १० लाख डलरमा उक्त कार किन्न खोजेका थिए तर मुहिकाले बेच्न मानेनन् । त्यतिबेला उनले ‘मैले यो कार बेचें भने मेरो कुकुरलाई घुमाउन लैजान पाउँदैन’ भनेका थिए ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












