आजबाट माओवादीको ‘मध्यपहाडी राजमार्ग केन्द्रित अभियान’
काठमाडौं । राजमार्ग केन्द्रित अभियान गरिरहेको माओवादी केन्द्रले शुक्रबारबाट पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सुरू गर्दैछ। त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैतडी पुगिसकेका छन्। बैतडीको पाटनबाट अभियानको थालनी हुनेछ। अभियानको उद्घाटन अध्यक्ष प्रचण्डले नै गर्नेछन्। विशेष गरेर यो अभियानमा नागरिकसँग संवादमा जोड दिने, स्थानीय समस्याहरू सुन्ने माओवादी केन्द्रले जानकारी दिएको छ।
कूल १ हजार ७६७ किलोमिटर यो राजमार्गकेन्द्रित अभियान जेठ महिनाभरमा पूरा गर्ने माओवादी केन्द्रले जनाएको छ। यसअघि माओवादी केन्द्रले दक्षिणी तराईको हुलाकी राजमार्गकेन्द्रित अभियान गरेको थियो। फागुन १२ गतेदेखि सुरू भएको उक्त अभियान वैशाखसम्म चलेको थियो। अभियानमा मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले एकएक ठाउँमा जनसभा राख्नेछन्। प्रत्येक जिल्ला समन्वय समितिले एक(एक स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने माओवादी केन्द्रले जनाएको छ।
बैतडीबाट सुरू भएको अभियान आजै डोटीको दिपायल पुगेर जनसंवादमा परिणत हुनेछ। जेठ ३ गते अछामको मंगलसेन जनसंवाद हुनेछ भने जेठ ४ गते दैलेख सदरमुकाम दुल्लुमा जनसभा हुनेछ। जेठ ५ गते जाजरकोट खलगांमा जनसंवाद तय भएको छ। जेठ ६ गते पश्चिम रूकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद हुने माओवादी केन्द्रले जनाएको छ। जेठ ७ गते पूर्वी रूकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थवाङमा जनसभा हुने माओवादी केन्द्रले जनाएको छ।
त्यस्तै जेठ ८ गते बागलुङमा जनसंवाद हुने र जेठ ९ गते पर्वतको कुश्मामा जनसंवाद हुनेछ। माओवादी केन्द्रको अभियान जेठ १० गते कास्की पोखरा आइपुग्नेछ र जनसभामा परिणत हुनेछ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












