आजबाट माओवादीको ‘मध्यपहाडी राजमार्ग केन्द्रित अभियान’
काठमाडौं । राजमार्ग केन्द्रित अभियान गरिरहेको माओवादी केन्द्रले शुक्रबारबाट पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सुरू गर्दैछ। त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैतडी पुगिसकेका छन्। बैतडीको पाटनबाट अभियानको थालनी हुनेछ। अभियानको उद्घाटन अध्यक्ष प्रचण्डले नै गर्नेछन्। विशेष गरेर यो अभियानमा नागरिकसँग संवादमा जोड दिने, स्थानीय समस्याहरू सुन्ने माओवादी केन्द्रले जानकारी दिएको छ।
कूल १ हजार ७६७ किलोमिटर यो राजमार्गकेन्द्रित अभियान जेठ महिनाभरमा पूरा गर्ने माओवादी केन्द्रले जनाएको छ। यसअघि माओवादी केन्द्रले दक्षिणी तराईको हुलाकी राजमार्गकेन्द्रित अभियान गरेको थियो। फागुन १२ गतेदेखि सुरू भएको उक्त अभियान वैशाखसम्म चलेको थियो। अभियानमा मध्यपहाडी लोकमार्गमा पर्ने स्थानहरूमा पार्टीको प्रत्येक प्रदेश समितिले एकएक ठाउँमा जनसभा राख्नेछन्। प्रत्येक जिल्ला समन्वय समितिले एक(एक स्थानमा जनसंवादको कार्यक्रम आयोजना गर्ने माओवादी केन्द्रले जनाएको छ।
बैतडीबाट सुरू भएको अभियान आजै डोटीको दिपायल पुगेर जनसंवादमा परिणत हुनेछ। जेठ ३ गते अछामको मंगलसेन जनसंवाद हुनेछ भने जेठ ४ गते दैलेख सदरमुकाम दुल्लुमा जनसभा हुनेछ। जेठ ५ गते जाजरकोट खलगांमा जनसंवाद तय भएको छ। जेठ ६ गते पश्चिम रूकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद हुने माओवादी केन्द्रले जनाएको छ। जेठ ७ गते पूर्वी रूकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थवाङमा जनसभा हुने माओवादी केन्द्रले जनाएको छ।
त्यस्तै जेठ ८ गते बागलुङमा जनसंवाद हुने र जेठ ९ गते पर्वतको कुश्मामा जनसंवाद हुनेछ। माओवादी केन्द्रको अभियान जेठ १० गते कास्की पोखरा आइपुग्नेछ र जनसभामा परिणत हुनेछ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











