वायु सेवा निगमको बैंकक स्टेशन ‘बेस्ट पर्फमेन्स अफ द इयर’, दामोदर मिश्र ‘बेस्ट प्रेजेन्टर’
काठमाडौं । नेपाल वायु सेवा निगमको दुई दिने बैठक विभिन्न १३ वटा निर्णय गर्दै सम्पन्न भएको छ । काठमाडौंमा यही जेठ १ गते (बिहीबार) र २ गते (शुक्रबार) आयोजित बैठक निगमका अन्तर्राष्ट्रिय स्टेशनहरुको आर्थिक वर्ष २०८१/८२ को बजेट समीक्षा गर्नुका साथै २०८२/०८३ को ट्राफिक र राजस्व पूर्वानुमानसम्बन्धी समीक्षा गर्दै सम्पन्न भएको हो । बैठकमा वायु सेवा निगमको अन्तर्राष्ट्रिय स्टेशन र कार्यरत प्रमुखहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दै उत्कृष्ट काम गर्नेहरुलाई सम्मान पनि गरियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नु भएको बैठकमा निगमका सम्पूर्ण अन्तर्राष्ट्रिय स्टेशनहरुमा देखिएका कमीकमजोरीहरुको विश्लेषण गर्नुका साथै समस्या र समाधानहरुको पहिचान गरियो । यसैगरी आगामी दिनमा अवलम्बन गर्नुपर्ने सुधारका उपायहरुका विषयमा पनि छलफल भएको छ । यस्तै केन्द्रीय कार्यालय, सरोकार विभाग र सम्बन्धित स्टेशनहरु बिचको अन्तर- सम्बन्ध, प्रभावकारी समन्वय गर्ने जस्ता विषयहरुमा छलफल भएको वायु सेवा निगमका प्रवक्ता सुवास डाँगीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रमका अवसरमा कार्य सम्पादन स्तरको आधारमा नेपाल वायु सेवा निगम बैंकक (थाइल्याण्ड) स्टेशन ‘बेस्ट पर्फमेन्स अफ द इयर’ घोषित भएको छ । यसैगरी सोही स्टेशनका कन्ट्री मेनेजर दामोदर मिश्र ‘बेस्ट प्रेजेन्टर’ का रुपमा सम्मानित हुनुभयो । सम्मान ग्रहणपछि न्यूज नेपाल डटकमलाई प्रतिक्रिया दिँदै मिश्रले आफू र स्टेशनलाई प्रदान गरेको पुरस्कार तथा सम्मानले अझ राम्रो काम गर्न अभिप्रेरित गरेको जनाउनु भयो । मिश्रले भन्नुभयो, ‘यो पुरस्कार व्यक्तिगतभन्दा पनि हाम्रो टिमको कडा मेहनत र समर्पणको परिणाम हो। हामी यात्रुहरुको सन्तुष्टिलाई प्राथमिकतामा राखेर अझ प्रभावकारी सेवा प्रदान गर्न निरन्तर क्रियाशील रहनेछौं ।’
नेपाल–थाइल्याण्ड हवाई मार्गमा नेपाल वायुसेवाले महत्वपूर्ण उपस्थिति जनाउँदै आएको छ । थाइल्याण्डस्थित नेपाली समुदायले पनि कन्ट्री मेनेजर मिश्रको यो सफलतालाई गौरवको विषयका रूपमा लिएको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रमका अवसरमा दोहा स्टेशन प्रमुख र मुम्बइ स्टेशनका प्रमुख गणेश घिमिरे क्रमशः दोस्रो र तेस्रो बेस्ट प्रिजेन्टरका रुपमा सम्मानित हुनु भएको थियो । कार्यालय व्यवस्थापनतर्फ भैरहवा स्टेशन उत्कृष्ट भई स्टेशन प्रमुख दिवस खड्का सम्मानित हुनु भएको थियो । बैठकले सम्पूर्ण स्टेशनहरुको कार्यसम्पादन स्तरको मूल्यांकन गरेको र आगामी कार्यनिती तर्जुमा, उडान संख्या तथा यात्रु सेवा सुविधामा वृद्धिलगायतका विषयहरुमा महत्वपूर्ण निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रम समापनका अवसरमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सक्रिय सहभागिताका लागि सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिनु भएको थियो । उहाँले हरेक कर्मचारीको कार्यसम्पादनको आधारमा पुरस्कार र सजाय गरिने जनाउनु भयो । यसैगरी आ–आफ्नो क्षेत्रमा जिम्मेवार भई सबै स्टेशनहरुमा उडान तालिका अनुसार अन-टाइम पर्फमेन्स मेनटेन गर्ने, सम्भव भएसम्म खर्च कटौतीका उपायहरु अवलम्बन गर्ने, प्यासेन्जर ओकुपेन्सीका साथै रेभेन्यु वृद्धि समेतलाई ध्यानमा राख्दै राष्ट्र र निगमको हितमा समर्पित भई उत्कृष्ट कार्यसम्पादन गर्नका लागि निर्देशन दिनुभयो ।
निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले अध्यक्षता गर्नु भएको कार्यक्रममा निगमका नायव महाप्रबन्धक जनकराज कालाखेती, डोलेश्वर कोइरालालगायत सबै विभागीय प्रमुखहरु, सम्बन्धित महाशाखा प्रमुखहरु र अन्तर्राष्ट्रिय क्षेत्रतर्फ विभिन्न आठ मुलुकबाट दश गन्तब्यका स्टेशन प्रमुखहरुको साथै काठमाडौं तथा भैरहवा स्टेशन प्रमुखहरुको सक्रिय सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











