वायु सेवा निगमको बैंकक स्टेशन ‘बेस्ट पर्फमेन्स अफ द इयर’, दामोदर मिश्र ‘बेस्ट प्रेजेन्टर’
काठमाडौं । नेपाल वायु सेवा निगमको दुई दिने बैठक विभिन्न १३ वटा निर्णय गर्दै सम्पन्न भएको छ । काठमाडौंमा यही जेठ १ गते (बिहीबार) र २ गते (शुक्रबार) आयोजित बैठक निगमका अन्तर्राष्ट्रिय स्टेशनहरुको आर्थिक वर्ष २०८१/८२ को बजेट समीक्षा गर्नुका साथै २०८२/०८३ को ट्राफिक र राजस्व पूर्वानुमानसम्बन्धी समीक्षा गर्दै सम्पन्न भएको हो । बैठकमा वायु सेवा निगमको अन्तर्राष्ट्रिय स्टेशन र कार्यरत प्रमुखहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दै उत्कृष्ट काम गर्नेहरुलाई सम्मान पनि गरियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नु भएको बैठकमा निगमका सम्पूर्ण अन्तर्राष्ट्रिय स्टेशनहरुमा देखिएका कमीकमजोरीहरुको विश्लेषण गर्नुका साथै समस्या र समाधानहरुको पहिचान गरियो । यसैगरी आगामी दिनमा अवलम्बन गर्नुपर्ने सुधारका उपायहरुका विषयमा पनि छलफल भएको छ । यस्तै केन्द्रीय कार्यालय, सरोकार विभाग र सम्बन्धित स्टेशनहरु बिचको अन्तर- सम्बन्ध, प्रभावकारी समन्वय गर्ने जस्ता विषयहरुमा छलफल भएको वायु सेवा निगमका प्रवक्ता सुवास डाँगीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रमका अवसरमा कार्य सम्पादन स्तरको आधारमा नेपाल वायु सेवा निगम बैंकक (थाइल्याण्ड) स्टेशन ‘बेस्ट पर्फमेन्स अफ द इयर’ घोषित भएको छ । यसैगरी सोही स्टेशनका कन्ट्री मेनेजर दामोदर मिश्र ‘बेस्ट प्रेजेन्टर’ का रुपमा सम्मानित हुनुभयो । सम्मान ग्रहणपछि न्यूज नेपाल डटकमलाई प्रतिक्रिया दिँदै मिश्रले आफू र स्टेशनलाई प्रदान गरेको पुरस्कार तथा सम्मानले अझ राम्रो काम गर्न अभिप्रेरित गरेको जनाउनु भयो । मिश्रले भन्नुभयो, ‘यो पुरस्कार व्यक्तिगतभन्दा पनि हाम्रो टिमको कडा मेहनत र समर्पणको परिणाम हो। हामी यात्रुहरुको सन्तुष्टिलाई प्राथमिकतामा राखेर अझ प्रभावकारी सेवा प्रदान गर्न निरन्तर क्रियाशील रहनेछौं ।’
नेपाल–थाइल्याण्ड हवाई मार्गमा नेपाल वायुसेवाले महत्वपूर्ण उपस्थिति जनाउँदै आएको छ । थाइल्याण्डस्थित नेपाली समुदायले पनि कन्ट्री मेनेजर मिश्रको यो सफलतालाई गौरवको विषयका रूपमा लिएको प्रतिक्रिया दिएका छन् ।
कार्यक्रमका अवसरमा दोहा स्टेशन प्रमुख र मुम्बइ स्टेशनका प्रमुख गणेश घिमिरे क्रमशः दोस्रो र तेस्रो बेस्ट प्रिजेन्टरका रुपमा सम्मानित हुनु भएको थियो । कार्यालय व्यवस्थापनतर्फ भैरहवा स्टेशन उत्कृष्ट भई स्टेशन प्रमुख दिवस खड्का सम्मानित हुनु भएको थियो । बैठकले सम्पूर्ण स्टेशनहरुको कार्यसम्पादन स्तरको मूल्यांकन गरेको र आगामी कार्यनिती तर्जुमा, उडान संख्या तथा यात्रु सेवा सुविधामा वृद्धिलगायतका विषयहरुमा महत्वपूर्ण निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रम समापनका अवसरमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सक्रिय सहभागिताका लागि सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिनु भएको थियो । उहाँले हरेक कर्मचारीको कार्यसम्पादनको आधारमा पुरस्कार र सजाय गरिने जनाउनु भयो । यसैगरी आ–आफ्नो क्षेत्रमा जिम्मेवार भई सबै स्टेशनहरुमा उडान तालिका अनुसार अन-टाइम पर्फमेन्स मेनटेन गर्ने, सम्भव भएसम्म खर्च कटौतीका उपायहरु अवलम्बन गर्ने, प्यासेन्जर ओकुपेन्सीका साथै रेभेन्यु वृद्धि समेतलाई ध्यानमा राख्दै राष्ट्र र निगमको हितमा समर्पित भई उत्कृष्ट कार्यसम्पादन गर्नका लागि निर्देशन दिनुभयो ।
निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले अध्यक्षता गर्नु भएको कार्यक्रममा निगमका नायव महाप्रबन्धक जनकराज कालाखेती, डोलेश्वर कोइरालालगायत सबै विभागीय प्रमुखहरु, सम्बन्धित महाशाखा प्रमुखहरु र अन्तर्राष्ट्रिय क्षेत्रतर्फ विभिन्न आठ मुलुकबाट दश गन्तब्यका स्टेशन प्रमुखहरुको साथै काठमाडौं तथा भैरहवा स्टेशन प्रमुखहरुको सक्रिय सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












