रवि लामिछाने थुनामै रहने, थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार
काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलकाे फैसलालाई सर्वाेच्च अदालतले सदर गरेको छ ।
बहुप्रतिक्षित रुपमा अत्यन्तै चासोका साथ हेरिएको सभापति रवि लामिछानेकाे बन्दी प्रत्यक्षिकरणकाे मुद्दाकाे सुनुवाइ दिउँसो सक्किए पनि आज अवेर फैसला सार्वजनिक भएको थियोे ।
न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।
सर्वोच्चको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा रहने भएका हुन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ ।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।
आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । त्यसका साथै उनले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखेर अर्को निवेदन पनि दर्ता गराएका थिए ।
Comments
अरु समाचार
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
असामान्य घटनाक्रमबारे एमाले नेतृत्त्वको प्रतिक्रिया
काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा पछिल्ला दिनमा भएका असामान्य घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। जेन–जेड पुस्ताले सञ्चालन गरेको...
-
राष्ट्रपति आज संखुवासभा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज(विहिबार) संखुवासभा जिल्ला गएका छन् । कोशी प्रदेशको पहाडी जिल्ला संखुवासभाको मादी नगरपालिकामा रहेको मादी...
-
अरिङ्गालले टोकेर १ विद्यार्थीको मृत्यु, ५ घाइते
काठमाडाैं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिलाको जङ्गलमा अरिङ्गालले टोकेर १ जना विद्यार्थीको मृत्यु भएको छ भने ५ जना घाइते भएका...
-
बागमतीका नव नियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिदैँ छन्। आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा...
-
रवि लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ सकिएको छ।...
-
यू–२० महिला एसियन कप छनोटमा नेपाल आज भुटानसँग खेल्दै
काठमाडाैं । एएफसी यु–२० महिला एसियन कप छनोटको समूह ‘ए’ आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा घरेलु टोली...
-
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँकाे दाबी पेश
काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । सोमबार दिउँसो...












