यातायात व्यवसायी र सरकारबीच सहमति, होला त कार्यान्यवन ?
काठमाडौं । समय समयमा देशमा विभिन्न मागहरु राख्दै विभिन्न पक्षले आन्दोलन गरिरहेका छन् । व्यवस्था परिवर्तन बाहेकका हरेक आन्दोलन सहमतिमै टुंगिने गरेका छन् । यसैगरी पछिल्लो समय यातायात व्यवसायीहरुले विभिन्न मागहरु राख्दै आन्दोलन सुरु गरे । यातायात बन्दको कार्यक्रम राखेका उनीहरुलाई सरकारले शीघ्र वार्तामा बोलायो । सोमबार राति अबेरसम्म दुई पक्षबीच घनिभूत छलफल भयो ।
अन्ततः यातायात व्यवसायीहरु सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भए । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी ल्याएको नयाँ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने तयारी गरेपछि यातायात व्यवसायीहरू आन्दोलन फिर्ता लिन सहमत भएका हुन्।
सोमबार राति सम्पन्न तेस्रो चरणको वार्तामा सरकारी वार्ता टोली र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरूबीच उक्त सहमति भएको हो। महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई जति छिटो पत्राचार गर्छ र प्रदेश सरकारले नियमावली स्थगन गर्छ, सोही अनुसार चक्काजाम कार्यक्रम पनि फिर्ता लिइनेछ।
वार्ताका क्रममा गठित कार्यदलले सहमति भएका विषयहरू समेटेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्नेछ। मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जानकारी गराउनेछ, र प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई औपचारिक पत्राचार गर्नेछ। त्यसपछि प्रदेश सरकारले सो नियमावली स्थगन गर्ने सहमति भएको हो।
सरकारी वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थले मन्त्रालयको तर्फबाट आवश्यक प्रक्रिया पूरा भइसकेको जानकारी दिएका छन्। उनले मंगलबार कार्यालय खुल्नेबित्तिकै पत्राचारको प्रक्रिया अघि बढ्ने र सोही दिनभित्रै यातायात बन्दको कार्यक्रम फिर्ता हुने आशा व्यक्त गरे।
वार्ता सम्पन्न भएपछि पन्थले भने, “सोमबारको मुख्य उपलब्धि भनेको, मंगलबारको पहिलो घण्टामै प्रधानमन्त्री कार्यालयमार्फत् गण्डकी प्रदेश सरकारलाई औपचारिक अनुरोध पठाउने र त्यसपछिको प्रक्रिया अनुसार चक्काजाम फिर्ता हुने अपेक्षा गरिएको हो।”
Comments
अरु समाचार
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...











