यातायात व्यवसायी र सरकारबीच सहमति, होला त कार्यान्यवन ?
काठमाडौं । समय समयमा देशमा विभिन्न मागहरु राख्दै विभिन्न पक्षले आन्दोलन गरिरहेका छन् । व्यवस्था परिवर्तन बाहेकका हरेक आन्दोलन सहमतिमै टुंगिने गरेका छन् । यसैगरी पछिल्लो समय यातायात व्यवसायीहरुले विभिन्न मागहरु राख्दै आन्दोलन सुरु गरे । यातायात बन्दको कार्यक्रम राखेका उनीहरुलाई सरकारले शीघ्र वार्तामा बोलायो । सोमबार राति अबेरसम्म दुई पक्षबीच घनिभूत छलफल भयो ।
अन्ततः यातायात व्यवसायीहरु सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भए । गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी ल्याएको नयाँ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने तयारी गरेपछि यातायात व्यवसायीहरू आन्दोलन फिर्ता लिन सहमत भएका हुन्।
सोमबार राति सम्पन्न तेस्रो चरणको वार्तामा सरकारी वार्ता टोली र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरूबीच उक्त सहमति भएको हो। महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई जति छिटो पत्राचार गर्छ र प्रदेश सरकारले नियमावली स्थगन गर्छ, सोही अनुसार चक्काजाम कार्यक्रम पनि फिर्ता लिइनेछ।
वार्ताका क्रममा गठित कार्यदलले सहमति भएका विषयहरू समेटेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्नेछ। मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जानकारी गराउनेछ, र प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई औपचारिक पत्राचार गर्नेछ। त्यसपछि प्रदेश सरकारले सो नियमावली स्थगन गर्ने सहमति भएको हो।
सरकारी वार्ता टोलीका संयोजक तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थले मन्त्रालयको तर्फबाट आवश्यक प्रक्रिया पूरा भइसकेको जानकारी दिएका छन्। उनले मंगलबार कार्यालय खुल्नेबित्तिकै पत्राचारको प्रक्रिया अघि बढ्ने र सोही दिनभित्रै यातायात बन्दको कार्यक्रम फिर्ता हुने आशा व्यक्त गरे।
वार्ता सम्पन्न भएपछि पन्थले भने, “सोमबारको मुख्य उपलब्धि भनेको, मंगलबारको पहिलो घण्टामै प्रधानमन्त्री कार्यालयमार्फत् गण्डकी प्रदेश सरकारलाई औपचारिक अनुरोध पठाउने र त्यसपछिको प्रक्रिया अनुसार चक्काजाम फिर्ता हुने अपेक्षा गरिएको हो।”
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












