आईसीसी लिग–२: स्कटल्याण्डले नेपाललाई २ रनले हरायो
काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल दुई रनले पराजित भएको छ । स्कटल्यान्डले दिएको तीन सय २४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरमा तीन सय २१ रनमा अलआउट भयो ।
नेपालका लागि भीम सार्कीले ७३, सोमपाल कामीले ६७ र दीपेन्द्रसिंह ऐरीले ५६ रन बनाए । स्कटल्यान्डका म्याकेन्जी जोन्सले तीन विकेट लिए । यस्तै सफियान शरीफ र माइकल लीस्कले समान दुई तथा ब्रान्डन म्याकमुलेन र चार्ली क्यासलले समान एक विकेट लिए ।
त्यसअघि स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा छ विकेट गुमाएर तीन सय २३ रन बनाएको थियो । स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले एक सय दुई रन बनाए । यस्तै माइकल लीस्कले ९६ र चार्ली टियरले ६८ रन जोडे । नेपालका करन केसी र दीपेन्द्रसिंह ऐरीले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए ।
यो जीतसँगै स्कटल्यान्ड १९ खेलमा २४ अङ्कसहित तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । १५ खेलमा १० अङ्कसहित नेपाल सातौं स्थानमा यथावत् छ । लिग–२ को तालिकामा अमेरिका शीर्ष स्थानमा छ । लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी छन् ।
नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो । लिग–२ को चौथो तथा अन्तिम खेलमा नेपालले भोलि फेरि नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ । लिग–२ को शीर्ष चारमा रहने टोली विश्वकपको ग्लोबल छनोटमा सीधै पुग्नेछन् । यस्तै पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












