लस एन्जलसमा प्रदर्शन उग्र बन्दै, ठाउँ ठाउँमा तोडफोड र आगजनी
काठमाडौं। अमेरिकाको लस एन्जलसमा आप्रवासी माथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै गएको छ । आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ ।
दुई पक्षबीच भएको झडपका कारण आगजनी र तोडफोडका घटना समेत भएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रदर्शन नियन्त्रणमा लिन ७ सय जल सैनिक परिचालन गरेको पुष्टि गरेको छ ।
अमेरिकामा अवैध रुपमा बसोबास गरिरहेकाहरुको खोजी र वहिर्गमनको काम तीब्र रुपमा भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लस एन्जलसमा मात्रै झण्डै २ हजारको संख्यामा सुरक्षा गार्डका सैनिक परिचालन गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड परिचालन गर्ने आफ्नो निर्णयको बचाउ गर्नुभएको छ ।
यसबीच क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यस कदम विरुद्ध संघीय प्रशासनमाथि नै मुद्दा दायर गर्नुभएको छ । सेना परिचालनका विषयमा डेमोक्र्याट गभर्नरहरु एकमत भएर विरोधमा उत्रिएका हुन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












