न्यायाधीशमाथिको दुर्व्यवहार दणडनीयः संवैधानिक कानून व्यवसायी मञ्च
काठमाडाैं । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुमाथि भएको दुर्व्यवहारमाथि संवैधानिक कानून व्यवसायी मञ्चले विरोध जनाएको छ ।
मञ्चले एक विज्ञप्ति जारी गर्दै न्यायाधीशमाथि राजनीतिक आवरणमा भएको दुर्व्यवहार निन्दनीय मात्रै नभई प्रचलित कानूनबमोजिम दण्डनीय भएको जिकिर गरेको छ ।
‘राजनीतिक आवरणमा भएको यो अपराध निन्दनीय मात्र नभई प्रचलित कानुनबमोजिम दण्डनीय पनि छ,’ मञ्चले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, ‘विधिको शासन, शान्ति सुरक्षा तथा स्वतन्त्र न्यायपालिकाको खिल्ली उडाएको छ।’
‘सभ्य समाजका न्यूनतम मानकहरूसमेत भत्काउने हदसम्मको अपराध भएको हुँदा अक्षम्य रहेको,’ मञ्चको भनाइ छ।
अध्यक्ष ओमप्रकाश अर्यालद्वारा जारी विज्ञप्तिमा राजनीतिक आवरणमा अपराध भएको अवस्थामा राज्य संयन्त्रको साथै सम्बन्धित दल वा राजनीतिक समूहको संयन्त्रले पनि दोषीहरूलाई कारबाही गर्नुपर्ने भन्दै ‘अन्यथा, राजनीतिको अपराधीकरणको दुष्चक्रमा मुलुक फस्ने’ औँल्याइएको छ।
न्ययाधीशमाथि यस्ता आक्रमण हुने विषयलाई नियन्त्रण गर्न मञ्चले सरकारसंग माग राखेको छ भने न्यायाधीशको सुरक्षाको प्रत्याभूति दिलाउन समेत भनेको छ।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश डा खुसीप्रसाद थारूमाथि नेकपा बहुमतका कार्यकर्ताले बिहीबार मोसो दलेका थिए।
न्यायाधीश थारूसहितको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो । सोहि फैसलाको विरोध गर्दै मोसो दलिएको नेकपा बहुमतको दाबी छ । मोसो दल्ने तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











