न्यायाधीशमाथिको दुर्व्यवहार दणडनीयः संवैधानिक कानून व्यवसायी मञ्च
काठमाडाैं । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुमाथि भएको दुर्व्यवहारमाथि संवैधानिक कानून व्यवसायी मञ्चले विरोध जनाएको छ ।
मञ्चले एक विज्ञप्ति जारी गर्दै न्यायाधीशमाथि राजनीतिक आवरणमा भएको दुर्व्यवहार निन्दनीय मात्रै नभई प्रचलित कानूनबमोजिम दण्डनीय भएको जिकिर गरेको छ ।
‘राजनीतिक आवरणमा भएको यो अपराध निन्दनीय मात्र नभई प्रचलित कानुनबमोजिम दण्डनीय पनि छ,’ मञ्चले बिहीबार विज्ञप्ति प्रकाशित गर्दै भनेको छ, ‘विधिको शासन, शान्ति सुरक्षा तथा स्वतन्त्र न्यायपालिकाको खिल्ली उडाएको छ।’
‘सभ्य समाजका न्यूनतम मानकहरूसमेत भत्काउने हदसम्मको अपराध भएको हुँदा अक्षम्य रहेको,’ मञ्चको भनाइ छ।
अध्यक्ष ओमप्रकाश अर्यालद्वारा जारी विज्ञप्तिमा राजनीतिक आवरणमा अपराध भएको अवस्थामा राज्य संयन्त्रको साथै सम्बन्धित दल वा राजनीतिक समूहको संयन्त्रले पनि दोषीहरूलाई कारबाही गर्नुपर्ने भन्दै ‘अन्यथा, राजनीतिको अपराधीकरणको दुष्चक्रमा मुलुक फस्ने’ औँल्याइएको छ।
न्ययाधीशमाथि यस्ता आक्रमण हुने विषयलाई नियन्त्रण गर्न मञ्चले सरकारसंग माग राखेको छ भने न्यायाधीशको सुरक्षाको प्रत्याभूति दिलाउन समेत भनेको छ।
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश डा खुसीप्रसाद थारूमाथि नेकपा बहुमतका कार्यकर्ताले बिहीबार मोसो दलेका थिए।
न्यायाधीश थारूसहितको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो । सोहि फैसलाको विरोध गर्दै मोसो दलिएको नेकपा बहुमतको दाबी छ । मोसो दल्ने तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












