आज नेपाली क्रिकेट टोलीले १०० औं टी-२०आई खेल्दै, यस्ता छन् किर्तिमान….
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।
सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ ।
सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।
टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोली रहेका छन् ।
सोमपाल कामी र गुलसन झा अभ्यासको क्रममा घाइते हुँदा यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन् ।
१००औं टी-२०आई खेल्दै
नेपाली क्रिकेट टोलीले आज आफ्नो १००औं टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । स्कटल्याण्ड टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल नेपालको १००औं टी-२०आई खेल हुनेछ ।
सन् २०१४ मा आईसीसी टी-२० विश्वकपमार्फत अन्तर्राष्ट्रिय स्तरको क्रिकेट यात्रा सुरु गरेको नेपालले त्यसयता ९९ वटा टी-२० आई खेलेको छ ।
नेपालले उक्त समय हङकङसँगको खेल खेल्दै टी-२०आई यात्रा सुरु गर्दा जित हासिल गरेको थियो । त्यसपछि बंगलादेशसँग पराजित भएको नेपालले अफगानिस्तानलाई हराएको थियो।
पहिलो टी-२० आई टोलीमा रहेका एक खेलाडी मात्र हालसम्म टोलीमा
नेपालको पहिलो टी-२० आई टोलीमा रहेका एक खेलाडी मात्र हालसम्म टोलीमा छन् । त्यसबेला खेलेका पेस बलर सोमपाल कामी हालसम्म पनि टोलीको महत्वपूर्ण हिस्सा रहँदै आएका छन् । यद्यपी यस शृंखलामा भने उनी चोटका कारण उपलब्ध हुने छैनन् ।
नेपालले टी-२०आईमा ५५ जित
हालसम्म नेपालले खेलेका ९९ टी-२०आईमा ५५ जित निकालेको छ भने ३९ मा हार बेहोर्दा २ खेल बराबरी भएको छ । ३ खेल नतिजाविहीन छ।
नेपालका लागि टी-२०आईमा सर्वाधिक रन दिपेन्द्रसिंह ऐरीले बनाएका छन् । उनले ७८ खेलमा १७५६ रन बनाएका छन् । त्यस्तै कुशल भुर्तेलले ५७ खेलमा १४२० रन बनाएका छन् । कप्तान रोहित पौडेलले १३५८ र आसिफ शेखले १३५२ रन बनाएका छन् ।
बलिङमा सन्दीप लामिछानेले सर्वाधिक १०८ विकेट लिएका छन् । त्यसपछि करण केसीले ९९ विकेट लिएका छन् । आजको खेलमा उनलाई १००औं विकेट लिने मौका पनि छ ।
नेपालको सबैभन्दा ठुलो योगफल
नेपालको सबैभन्दा ठुलो योगफल ३१४ रनको छ । २७ सेप्टेम्बर २०२३ मा मङ्गोलियाविरुद्ध हाङ्झोउमा सम्पन्न एसियन गेम्सको खेलमा बनाइएको उक्त योगफल टी-२०आई इतिहासमा पहिलोपटक ३०० भन्दा बढी रन बनेको क्षण थियो ।
त्यसबेला सर्वाधिक टी-२० योगफलको कीर्तिमान कायम भएपनि हाल यो तोडिइसकेको छ । सोही खेलमा नेपालका ब्याटर कुशल मल्लले १३७ रन बनाएका थिए जुन् नेपालका लागि टी-२०आई मा कुनैपनि ब्याटरले बनाएको सर्वाधिक स्कोर हो ।
पाँच ब्याटरले टी-२०आईमा शतक
हालसम्म नेपालका पाँच ब्याटरले टी-२०आईमा शतक बनाएका छन् । सबैभन्दा पहिलो शतक पारस खड्काले सन् २०१९ मा सिंगापुरविरुद्ध बनाएका थिए । त्यसपछि कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध, कुशल मल्लले मंगोलियाविरुद्ध बनाएका छ्न् । दिपेन्द्रले मलेसियाविरुद्ध तथा ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध शतक बनाएका छन् ।
सबैभन्दा कम योगफल ५३ रन
टी-२०आईमा नेपालको सबैभन्दा कम योगफल ५३ रनको छ, १३ जुलाई २०१५ मा आयरल्यान्डविरुद्ध बेलफास्टमा भएको विश्वकप छनोट खेलमा नेपालको खराब प्रदर्शन थियो ।
अविनाश बोहराले माल्दिभ्सविरुद्ध ११ रन मात्र दिएर ६ विकेट लिएको नेपालको टी-२०आईमा उत्कृष्ट बलिङ प्रदर्शन हो ।
दिपेन्द्रको ९ बलमा अर्धशतक
यसबाहेक दिपेन्द्रसिंहले एसियन गेम्सकै खेलमा ९ बलमा अर्धशतक बनाएका छन् जुन् रेकर्ड तोडिँदैन केवल बराबर मात्र हुन सक्छ । उनले एकै ओभरमा ६ छक्का प्रहार गरेको रेकर्ड पनि बनाएका छन् ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












