आज नेपाली क्रिकेट टोलीले १०० औं टी-२०आई खेल्दै, यस्ता छन् किर्तिमान….
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।
सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार आज साँझ ७ः४५ बजे सुरु हुनेछ ।
सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।
टी–२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) रोहित पौडेलको कप्तानीमा नेपाली १६ सदस्यीय टोली रहेका छन् ।
सोमपाल कामी र गुलसन झा अभ्यासको क्रममा घाइते हुँदा यो सिरिजमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले अवसर पाएका छन् ।
१००औं टी-२०आई खेल्दै
नेपाली क्रिकेट टोलीले आज आफ्नो १००औं टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । स्कटल्याण्ड टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल नेपालको १००औं टी-२०आई खेल हुनेछ ।
सन् २०१४ मा आईसीसी टी-२० विश्वकपमार्फत अन्तर्राष्ट्रिय स्तरको क्रिकेट यात्रा सुरु गरेको नेपालले त्यसयता ९९ वटा टी-२० आई खेलेको छ ।
नेपालले उक्त समय हङकङसँगको खेल खेल्दै टी-२०आई यात्रा सुरु गर्दा जित हासिल गरेको थियो । त्यसपछि बंगलादेशसँग पराजित भएको नेपालले अफगानिस्तानलाई हराएको थियो।
पहिलो टी-२० आई टोलीमा रहेका एक खेलाडी मात्र हालसम्म टोलीमा
नेपालको पहिलो टी-२० आई टोलीमा रहेका एक खेलाडी मात्र हालसम्म टोलीमा छन् । त्यसबेला खेलेका पेस बलर सोमपाल कामी हालसम्म पनि टोलीको महत्वपूर्ण हिस्सा रहँदै आएका छन् । यद्यपी यस शृंखलामा भने उनी चोटका कारण उपलब्ध हुने छैनन् ।
नेपालले टी-२०आईमा ५५ जित
हालसम्म नेपालले खेलेका ९९ टी-२०आईमा ५५ जित निकालेको छ भने ३९ मा हार बेहोर्दा २ खेल बराबरी भएको छ । ३ खेल नतिजाविहीन छ।
नेपालका लागि टी-२०आईमा सर्वाधिक रन दिपेन्द्रसिंह ऐरीले बनाएका छन् । उनले ७८ खेलमा १७५६ रन बनाएका छन् । त्यस्तै कुशल भुर्तेलले ५७ खेलमा १४२० रन बनाएका छन् । कप्तान रोहित पौडेलले १३५८ र आसिफ शेखले १३५२ रन बनाएका छन् ।
बलिङमा सन्दीप लामिछानेले सर्वाधिक १०८ विकेट लिएका छन् । त्यसपछि करण केसीले ९९ विकेट लिएका छन् । आजको खेलमा उनलाई १००औं विकेट लिने मौका पनि छ ।
नेपालको सबैभन्दा ठुलो योगफल
नेपालको सबैभन्दा ठुलो योगफल ३१४ रनको छ । २७ सेप्टेम्बर २०२३ मा मङ्गोलियाविरुद्ध हाङ्झोउमा सम्पन्न एसियन गेम्सको खेलमा बनाइएको उक्त योगफल टी-२०आई इतिहासमा पहिलोपटक ३०० भन्दा बढी रन बनेको क्षण थियो ।
त्यसबेला सर्वाधिक टी-२० योगफलको कीर्तिमान कायम भएपनि हाल यो तोडिइसकेको छ । सोही खेलमा नेपालका ब्याटर कुशल मल्लले १३७ रन बनाएका थिए जुन् नेपालका लागि टी-२०आई मा कुनैपनि ब्याटरले बनाएको सर्वाधिक स्कोर हो ।
पाँच ब्याटरले टी-२०आईमा शतक
हालसम्म नेपालका पाँच ब्याटरले टी-२०आईमा शतक बनाएका छन् । सबैभन्दा पहिलो शतक पारस खड्काले सन् २०१९ मा सिंगापुरविरुद्ध बनाएका थिए । त्यसपछि कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध, कुशल मल्लले मंगोलियाविरुद्ध बनाएका छ्न् । दिपेन्द्रले मलेसियाविरुद्ध तथा ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध शतक बनाएका छन् ।
सबैभन्दा कम योगफल ५३ रन
टी-२०आईमा नेपालको सबैभन्दा कम योगफल ५३ रनको छ, १३ जुलाई २०१५ मा आयरल्यान्डविरुद्ध बेलफास्टमा भएको विश्वकप छनोट खेलमा नेपालको खराब प्रदर्शन थियो ।
अविनाश बोहराले माल्दिभ्सविरुद्ध ११ रन मात्र दिएर ६ विकेट लिएको नेपालको टी-२०आईमा उत्कृष्ट बलिङ प्रदर्शन हो ।
दिपेन्द्रको ९ बलमा अर्धशतक
यसबाहेक दिपेन्द्रसिंहले एसियन गेम्सकै खेलमा ९ बलमा अर्धशतक बनाएका छन् जुन् रेकर्ड तोडिँदैन केवल बराबर मात्र हुन सक्छ । उनले एकै ओभरमा ६ छक्का प्रहार गरेको रेकर्ड पनि बनाएका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











