बीपी राजमार्गमा राति यात्रुवाहक सवारी चलाउन रोक
काठमाडौं । बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ।
काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बाढी र पहिरोको सम्भावित जोखिमका कारण भोलि अर्थात् शनिबारदेखि पहिलो चरणमा साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रु गाडी चलाउन रोक लगाउने निर्णय भएको जानकारी दिनुभयो ।
काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड जोखिमयुक्त भएकाले सार्वजनिक तथा निजी यात्रुवाहक गाडी सञ्चालन रोकिएको हो। सुरक्षा निकायले सहकार्य र समन्वयमार्फत यात्रुलाई सुरक्षित यात्रा गराउन सबै आवश्यक उपाय अपनाइने जनाएको छ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले संयुक्त विज्ञप्ति जारी गरी यो निर्णयको औपचारिक जानकारी दिने तयारी गरेका छन्। यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सबै पक्षले सहयोग गर्नुपर्ने अपील समेत गरिएको छ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











