बीपी राजमार्गमा राति यात्रुवाहक सवारी चलाउन रोक
काठमाडौं । बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा १५ दिनका लागि रातिको समयमा यात्रुवाहक सवारी साधन चलाउन रोक लगाइएको छ।
काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बाढी र पहिरोको सम्भावित जोखिमका कारण भोलि अर्थात् शनिबारदेखि पहिलो चरणमा साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रु गाडी चलाउन रोक लगाउने निर्णय भएको जानकारी दिनुभयो ।
काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड जोखिमयुक्त भएकाले सार्वजनिक तथा निजी यात्रुवाहक गाडी सञ्चालन रोकिएको हो। सुरक्षा निकायले सहकार्य र समन्वयमार्फत यात्रुलाई सुरक्षित यात्रा गराउन सबै आवश्यक उपाय अपनाइने जनाएको छ।
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले संयुक्त विज्ञप्ति जारी गरी यो निर्णयको औपचारिक जानकारी दिने तयारी गरेका छन्। यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सबै पक्षले सहयोग गर्नुपर्ने अपील समेत गरिएको छ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












