कांग्रेस मुख्यालयको मूल गेटमा आमरण अनशन, भित्र नेताहरुको चर्काचर्की
काठमाडौं (केशव भट्टराई)। तरुण दलका केन्द्रीय सदस्यद्वय रोजन राई र अम्बिका बास्कोटाले विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग नभएसम्म आमरण अनशन नतोड्ने अडान राखेका छन् । उनीहरुले महाधिवेशन गर्न असक्षम रहेको भन्दै तरुण दलको तदर्थ समिति भंगको माग गर्दै आमरण अनशनजारी राखेका छन्। यो वा त्यो बहानामा नतोडिने उनीहरुको अडान छ । छलफलबाट आफूहरुले राखेको माग गलत भन्ने पुष्टि भएमा भने तुरुन्तै अनशन त्याग्ने उनीहरुले स्पष्ट पारेका छन् ।
यही असार १५ गते आइतबारदेखि नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा केन्द्रीय सदस्य राई र बास्कोटा आमरण अनशन बसिरहेका हुन् । उनीहरुलाई तरुण दलका अन्य केन्द्रीय सदस्यहरु, पार्टीका नेता कार्यकर्ताहरुलगायतले साथ दिइरहेका छन् । तरुण दलको तदर्थ समिति महाधिवेशन गर्न असक्षम रहेको आन्दोलनरत पक्षको दाबी छ ।
पानी पनि नपिई कार्यालयको मुल ढोकामा अनशनरत राई र बास्कोटा शारीरिकरुपमा कमजोर र थकित हुँदै गएका छन् । उता कार्यालयभित्र भने कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेको छ । बैठकभित्र चर्काचर्की छ तर त्यो तरुण दलको विषयमा भने होइन। बैठक हलमा प्रवेस गर्ने बेला कांग्रेस उपसभापतिद्वय धनराज गुरुङ र पूर्णबहादुर खड्काले अनशनसँग गफगाफ गरे । तर पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा अनशनस्थल छल्दै पछाडिको ढोकाबाट छिर्ने गरेका छन् । केन्द्रीय सदस्य अम्बिका बास्कोटा भन्नुहुन्छ, ‘सभापति र महामन्त्रीद्वय मुल गेटबाट प्रवेश गर्नुहुन्न । बाटो बदलिरहनु भएको छ, पछाडिको ढोकाबाट छिर्नुहुन्छ ।’
यस्तै पत्रकारहरु अनशनमा बसेकाहरुसँग भेटघाट गर्न जाँदा प्रहरीले गेटैबाट रोक्ने गरेको छ । पार्टी प्रवक्ताको चिट लिएर आएमात्र छिर्न दिने भन्दै पत्रकारलाई कार्यालय प्रवेशमा कडाइ गर्ने गरेका छन् । ‘लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका पार्टी सभापति शेरबहादुर देउवाले आफूहरुको संगठन सुधार गर्ने जायज मागहरु सम्बोधन गर्नेमा विश्वस्त रहेको बास्कोटाले जनाउनु भयो । ‘तर अनशन बस्ने आफूहरुले गैंडाको छाला कनाइरहेको जस्तो महसुस भइरहेको छ, नेताहरुले ध्यान दिएका छैनन् । आफूहरु हार मान्ने पक्षमा छैनौं’, राई र बास्कोटा बताउँछन् ।
‘वर्तमान तरुण दलको तदर्थ समिति गठन भएको तीन वर्ष भइसक्यो, यसलाई भंग गरेर सानो कमिटी निर्माण गरेर शीघ्र महाधिवेशन गर्नुपर्छ, वर्तमान समितिले महाधिवेशन गर्छ भन्नेमा अलिकति पनि विश्वास छैन’, केन्द्रीय सदस्य बास्कोटाको भनाइ छ ।
थुप्रै कांग्रेस नेताकार्यकर्ताहरु, शुभन्तिकहरुले भेटघाट गरेर राई र बास्कोटाको माग जायज रहेको दाबी गरिरहेका छन् । यस्तै उनीहरुले अनसनरत नेताहरुको स्वास्थ्यमा चासो राख्दै केन्द्रीय तहमा कुरा राख्ने बताइ पनि रहेका छन् ।
नेता शेखर कोइरालालगायत नेताहरु आएर भेटघाट गर्नु भएको छ । तर भोलि पार्टी सभापतिको भूमिकामा देखिने महामन्त्रीद्वय पछाडिको ढोकाबाट छिरेर आफूहरुलाई बेवास्ता गरिएको केन्द्रीय सदस्य बास्कोटा गुनासो गर्नुहुन्छ । ‘६ वा ८ महिनाभित्रमा अधिवेशन गर्नुपर्नेमा तीन वर्षसम्म गर्ने नसक्नेलाई हटाऔं भन्दापनि केही नेताहरुले पुरस्कृत गरिरहनु भएको छ, यो अत्यन्त गलत प्रवृतिको थालनी, गलत परम्पराको स्थापना हुन लागिरहेको छ । यसैलाई तोड्न हाम्रो आमरण अनशन हो’ , बास्कोटा थप बताउनु हुन्छ ।
संगठनमा गुटउपगुट बनाएर लम्जुङमा कार्यकर्तामाथि खुकुरी प्रहारजस्ता आपराधिक कार्य गरेको, भवन निर्माणको लागि विनियोजित बजेटबारे गलत प्रचार गरेर गणेशमान सिंह र सिंगो पार्टीलाई बदनाम र विवादित बनाएको, ५० भन्दा बढी जिल्लामा कार्यवाहकमाथि कार्यवाहकको जिम्मेवारी दिइएको अअनशनरत राई, बास्कोटालगायत अन्य केन्द्रीय सदस्यहरुको आरोप छ ।
त्यस्तै २०७८ सालमै स्थानीय र आम चुनावको ३ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएकोमा तदर्थ समितिले पटकपटक म्याद थप्दा पनि ३-३ वर्षसम्म एउटा पनि जिल्लाको अधिवेशन गर्न नसकेको, पार्टीको केन्द्रीय समितिले २०८१ चैत मसान्तदेखि दलको कार्यकाल स्वतः समाप्त हुने निर्णय गरेको लगायतका कारण तदर्थ समिति भंग हुनुपर्ने माग राख्दै आमरण अनसन बसेको तरुण दलका केन्द्रीय सदस्य राई र बास्कोटाले अनशन सुरु गरेको दिन नै जानकारी गराइसकेका छन् । कुनै पनि जिम्मेवारी पूरा गर्न नसक्ने संस्था वा व्यक्तिलाई पुरस्कार नभई दण्ड दिने परिपाटी बसाल्न उनीहरूले दबाब दिएका छन् ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












