कांग्रेस मुख्यालयको मूल गेटमा आमरण अनशन, भित्र नेताहरुको चर्काचर्की
काठमाडौं (केशव भट्टराई)। तरुण दलका केन्द्रीय सदस्यद्वय रोजन राई र अम्बिका बास्कोटाले विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग नभएसम्म आमरण अनशन नतोड्ने अडान राखेका छन् । उनीहरुले महाधिवेशन गर्न असक्षम रहेको भन्दै तरुण दलको तदर्थ समिति भंगको माग गर्दै आमरण अनशनजारी राखेका छन्। यो वा त्यो बहानामा नतोडिने उनीहरुको अडान छ । छलफलबाट आफूहरुले राखेको माग गलत भन्ने पुष्टि भएमा भने तुरुन्तै अनशन त्याग्ने उनीहरुले स्पष्ट पारेका छन् ।
यही असार १५ गते आइतबारदेखि नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा केन्द्रीय सदस्य राई र बास्कोटा आमरण अनशन बसिरहेका हुन् । उनीहरुलाई तरुण दलका अन्य केन्द्रीय सदस्यहरु, पार्टीका नेता कार्यकर्ताहरुलगायतले साथ दिइरहेका छन् । तरुण दलको तदर्थ समिति महाधिवेशन गर्न असक्षम रहेको आन्दोलनरत पक्षको दाबी छ ।
पानी पनि नपिई कार्यालयको मुल ढोकामा अनशनरत राई र बास्कोटा शारीरिकरुपमा कमजोर र थकित हुँदै गएका छन् । उता कार्यालयभित्र भने कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहेको छ । बैठकभित्र चर्काचर्की छ तर त्यो तरुण दलको विषयमा भने होइन। बैठक हलमा प्रवेस गर्ने बेला कांग्रेस उपसभापतिद्वय धनराज गुरुङ र पूर्णबहादुर खड्काले अनशनसँग गफगाफ गरे । तर पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा अनशनस्थल छल्दै पछाडिको ढोकाबाट छिर्ने गरेका छन् । केन्द्रीय सदस्य अम्बिका बास्कोटा भन्नुहुन्छ, ‘सभापति र महामन्त्रीद्वय मुल गेटबाट प्रवेश गर्नुहुन्न । बाटो बदलिरहनु भएको छ, पछाडिको ढोकाबाट छिर्नुहुन्छ ।’
यस्तै पत्रकारहरु अनशनमा बसेकाहरुसँग भेटघाट गर्न जाँदा प्रहरीले गेटैबाट रोक्ने गरेको छ । पार्टी प्रवक्ताको चिट लिएर आएमात्र छिर्न दिने भन्दै पत्रकारलाई कार्यालय प्रवेशमा कडाइ गर्ने गरेका छन् । ‘लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका पार्टी सभापति शेरबहादुर देउवाले आफूहरुको संगठन सुधार गर्ने जायज मागहरु सम्बोधन गर्नेमा विश्वस्त रहेको बास्कोटाले जनाउनु भयो । ‘तर अनशन बस्ने आफूहरुले गैंडाको छाला कनाइरहेको जस्तो महसुस भइरहेको छ, नेताहरुले ध्यान दिएका छैनन् । आफूहरु हार मान्ने पक्षमा छैनौं’, राई र बास्कोटा बताउँछन् ।
‘वर्तमान तरुण दलको तदर्थ समिति गठन भएको तीन वर्ष भइसक्यो, यसलाई भंग गरेर सानो कमिटी निर्माण गरेर शीघ्र महाधिवेशन गर्नुपर्छ, वर्तमान समितिले महाधिवेशन गर्छ भन्नेमा अलिकति पनि विश्वास छैन’, केन्द्रीय सदस्य बास्कोटाको भनाइ छ ।
थुप्रै कांग्रेस नेताकार्यकर्ताहरु, शुभन्तिकहरुले भेटघाट गरेर राई र बास्कोटाको माग जायज रहेको दाबी गरिरहेका छन् । यस्तै उनीहरुले अनसनरत नेताहरुको स्वास्थ्यमा चासो राख्दै केन्द्रीय तहमा कुरा राख्ने बताइ पनि रहेका छन् ।
नेता शेखर कोइरालालगायत नेताहरु आएर भेटघाट गर्नु भएको छ । तर भोलि पार्टी सभापतिको भूमिकामा देखिने महामन्त्रीद्वय पछाडिको ढोकाबाट छिरेर आफूहरुलाई बेवास्ता गरिएको केन्द्रीय सदस्य बास्कोटा गुनासो गर्नुहुन्छ । ‘६ वा ८ महिनाभित्रमा अधिवेशन गर्नुपर्नेमा तीन वर्षसम्म गर्ने नसक्नेलाई हटाऔं भन्दापनि केही नेताहरुले पुरस्कृत गरिरहनु भएको छ, यो अत्यन्त गलत प्रवृतिको थालनी, गलत परम्पराको स्थापना हुन लागिरहेको छ । यसैलाई तोड्न हाम्रो आमरण अनशन हो’ , बास्कोटा थप बताउनु हुन्छ ।
संगठनमा गुटउपगुट बनाएर लम्जुङमा कार्यकर्तामाथि खुकुरी प्रहारजस्ता आपराधिक कार्य गरेको, भवन निर्माणको लागि विनियोजित बजेटबारे गलत प्रचार गरेर गणेशमान सिंह र सिंगो पार्टीलाई बदनाम र विवादित बनाएको, ५० भन्दा बढी जिल्लामा कार्यवाहकमाथि कार्यवाहकको जिम्मेवारी दिइएको अअनशनरत राई, बास्कोटालगायत अन्य केन्द्रीय सदस्यहरुको आरोप छ ।
त्यस्तै २०७८ सालमै स्थानीय र आम चुनावको ३ महिनाभित्र महाधिवेशन गर्न निर्देशन दिएकोमा तदर्थ समितिले पटकपटक म्याद थप्दा पनि ३-३ वर्षसम्म एउटा पनि जिल्लाको अधिवेशन गर्न नसकेको, पार्टीको केन्द्रीय समितिले २०८१ चैत मसान्तदेखि दलको कार्यकाल स्वतः समाप्त हुने निर्णय गरेको लगायतका कारण तदर्थ समिति भंग हुनुपर्ने माग राख्दै आमरण अनसन बसेको तरुण दलका केन्द्रीय सदस्य राई र बास्कोटाले अनशन सुरु गरेको दिन नै जानकारी गराइसकेका छन् । कुनै पनि जिम्मेवारी पूरा गर्न नसक्ने संस्था वा व्यक्तिलाई पुरस्कार नभई दण्ड दिने परिपाटी बसाल्न उनीहरूले दबाब दिएका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












