आजको राशिफल: २०८२ असार १८ गते बुधबार
मेष: परिस्थितिवश स्वतन्त्र काममा समेत उल्झन आउन सक्छ। भाैतिक साधन जुटाउन लगानी गर्नुपर्ने समय छ। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। ईर्ष्या गर्नेहरूले पनि बिनाकारण सताउन सक्छन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।
वृष: बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। मिहिनेतले कार्य सम्पादन हुनेछ। परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
मिथुन: अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। नयाँ काम थाल्नुपर्दा केही समय पर्खनुहाेला। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
कर्कट: सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरू समेत सहयोगी बन्न सक्छन्। अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो काम हातलागी हुनेछ।
सिंह: आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।
कन्या: पहिलेको सफलताले हौसला जगाउनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर पनि प्राप्त हुनेछ।
तुला: भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। सुरुमा आलस्य गर्ने बानीले काममा पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ। काम खर्चिलो बन्न सक्छ। सानो उपलब्धिका लागि ठूलो वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ।
वृश्चिक: धनको उपयोग गरी लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो काममा जग बसाउने मौका छ। आफ्नो रकम अरुले प्रयोग गर्लान्। आम्दानी वचतमा समस्या पर्न सक्छ। कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ।
धनु : काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ।
मकर: असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ। धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सेवामूलक काममा प्रवृत्त भइनेछ। परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ। सद्विचारले प्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ।
कुम्भ : शुभचिन्तकहरूले काममा साथ दिनेछन्। तर, सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ। आम्दानी भए पनि परिस्थिति खर्चिलो रहनेछ। स्वास्थ्य कमजोर रहनेछ र प्रतिकूल परिस्थितिसँग जुध्नुपर्ने हुन सक्छ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।
मीन : मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। खर्च लागे पनि नयाँ कामतर्फ अग्रसर हुने समय छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
अध्यक्ष जित्न ओलीले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउदै, के गर्लान ईश्वर पोखरेल ?
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पदाधिकारी र केन्द्रीय कमिटी दुवैको आकार बढाउने गरी प्रस्ताव लैजाने भएका छन्। केन्द्रिय...
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...












