तरुण दलका केन्द्रीय सदस्यद्वयले तोडे आमरण अनशन
काठमाडौं । तरुण दलका केन्द्रीय सदस्यद्वय रोजन राई र अम्बिका बास्कोटाले चार दिनदेखिको आमरण अनशन तोडेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जुस खुवाएर उनीहरुको अनशन तोडाएका हुन् ।
विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग गर्नुपर्ने माग गरेका उनीहरुले पार्टीसँग सहमति भएपछि आमरण अनशन तोडेको बुझिएको छ । नेता द्वय वर्तमान तदर्थ समिति महाधिवेशन गर्न असक्षम भएकाले भंगको माग गर्दै यही असार १५ गते आइतबारदेखि सत्याग्रहमा बसेका थिए ।
पार्टीको निर्देशक समितिको सक्रियतामा तरुण दलको अधिवेशन आगामी मंसिर २६ देखि २८ सम्म गर्ने गरी प्रतिवद्धता जाहेर गरेपछि उनीहरुले अनसन तोडेका हुन् । अधिवेशन गराउनका लागि पार्टीले तरुण दलमा सानो आकारको व्यवस्थापन समिति बनाउने समेत सहमति बनेको छ । कांग्रेस महामन्त्री गगन थापाले तरुण दलमा सानो आकारको व्यवस्थापन समिति बनाउने सहमति पत्रलाई पढेर सुनाएका थिए ।
महाविधेशन गराउने कार्यदेशसहित २०७८ बाट गुरुङ नेतृत्वमा तदर्थ समिति गठन गरिए पनि उक्त कमिटीले एउटा जिल्लामा पनि अधिवेशन गराउन सकेको छैन । गुरुङ नेतृत्वको कमिटीलाई ६ महिनाको समय थपेर पार्टीले नै अधिवेशनको जिम्मा लिने भएको हो । तरुण दलले ७ वर्षदेखि नै अधिवेशन गर्न सकेको छैन । असन्तुष्ट पक्षले वर्तमान समिति भंग गर्नका लागि ६ बुँदे कारण देखाएको थियो ।
राई र बास्कोटा नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपाको मूल गेटमा सत्याग्रहमा रहँदा तरुण दलका अन्य केन्द्रीय सदस्यहरु, पार्टीका नेता कार्यकर्ताहरुलगायतले साथ दिएका थिए ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












