तरुण दलका केन्द्रीय सदस्यद्वयले तोडे आमरण अनशन
काठमाडौं । तरुण दलका केन्द्रीय सदस्यद्वय रोजन राई र अम्बिका बास्कोटाले चार दिनदेखिको आमरण अनशन तोडेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जुस खुवाएर उनीहरुको अनशन तोडाएका हुन् ।
विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग गर्नुपर्ने माग गरेका उनीहरुले पार्टीसँग सहमति भएपछि आमरण अनशन तोडेको बुझिएको छ । नेता द्वय वर्तमान तदर्थ समिति महाधिवेशन गर्न असक्षम भएकाले भंगको माग गर्दै यही असार १५ गते आइतबारदेखि सत्याग्रहमा बसेका थिए ।
पार्टीको निर्देशक समितिको सक्रियतामा तरुण दलको अधिवेशन आगामी मंसिर २६ देखि २८ सम्म गर्ने गरी प्रतिवद्धता जाहेर गरेपछि उनीहरुले अनसन तोडेका हुन् । अधिवेशन गराउनका लागि पार्टीले तरुण दलमा सानो आकारको व्यवस्थापन समिति बनाउने समेत सहमति बनेको छ । कांग्रेस महामन्त्री गगन थापाले तरुण दलमा सानो आकारको व्यवस्थापन समिति बनाउने सहमति पत्रलाई पढेर सुनाएका थिए ।
महाविधेशन गराउने कार्यदेशसहित २०७८ बाट गुरुङ नेतृत्वमा तदर्थ समिति गठन गरिए पनि उक्त कमिटीले एउटा जिल्लामा पनि अधिवेशन गराउन सकेको छैन । गुरुङ नेतृत्वको कमिटीलाई ६ महिनाको समय थपेर पार्टीले नै अधिवेशनको जिम्मा लिने भएको हो । तरुण दलले ७ वर्षदेखि नै अधिवेशन गर्न सकेको छैन । असन्तुष्ट पक्षले वर्तमान समिति भंग गर्नका लागि ६ बुँदे कारण देखाएको थियो ।
राई र बास्कोटा नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपाको मूल गेटमा सत्याग्रहमा रहँदा तरुण दलका अन्य केन्द्रीय सदस्यहरु, पार्टीका नेता कार्यकर्ताहरुलगायतले साथ दिएका थिए ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











