शुभमन गिलको कीर्तिमानी २६९ रनमा कीर्तिमानको ओइरो
काठमाडौं । बमिङघममा जारी दोस्रो टेस्टको पहिलो इनिङग्समा भारतीय कप्तान शुभमन गिलले इंग्ल्यान्डविरूद्ध २६९ रन बनाए कीर्तिमानी पारि खेलेका छन् । उक्त इनिङ्समा गिलले दोहोरो शत बनाएसँगै भारतले इंग्ल्यान्डविरूद्ध ५८७ रन जोडेको थियो ।
पहिलो टेस्टमा ब्याटिङ उतकृष्ट गरे पनि दोस्रो इनिङग्समा राम्रो बलिङ् हुन नसक्दा भारतले ५ विकेटको हारको सामना गर्नु परेको थियो । त्यस्तै भारतले दोस्रो टेस्टको पहिलो इनिङग्समा पनि राम्रो ब्याटिङ गरेको छ । यस खेलमा कप्तानले खेलेको एतिहासीक पारिले विभिन्न नयाँ रेर्कड निर्माण गर्नुका साथै केही पुराना रेकर्ड समेत तोडिएका छन् ।
नयाँ रेकर्डहरुः
- भारतीय कप्तानको सर्वाधिक व्यक्तिगत स्कोर
गिलले इंग्ल्यान्डविरूद्ध बनाएको २६९ रनको स्कोर टेस्ट क्रिकेटमा कुनै पनि भारतीय कप्तानले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो । यससँगै सन् २०१९ मा पुनेमा दक्षिण अफ्रिकाविरुद्ध विराट कोहलीले बनाएको अविजित २५४ रनको कीर्तिमान समेत तोडिएको छ ।
- एसिया बाहिर भारतीयले बनाएको उच्च स्कोर
गिलको २६९ रन एसिया बाहिर टेस्टमा कुनै पनि भारतीय ब्याटरले बनाएको सबैभन्दा उच्च स्कोर पनि हो । यसअघि यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो। सचिनले सन् २००४ मा सिड्नी क्रिकेट ग्राउन्डमा अविजित २४१ रन बनाएका थिए।
- अन्तराष्ट्रिय टेस्टमा भारतीय ब्याटरको तेस्रो ठूलो स्कोर
विदेशमा भएको टेस्टमा भारतीय ब्याटरले बनाएको तेस्रो ठूलो स्कोर हो । यसभन्दा अघि सन् २००४ मा पाकिस्तान भ्रमणमा वीरेन्द्र सेहवागले मुल्तानमा ३०९ रन र राहुल द्रविडले रावलपिंडीमा २७० रन बनाएका थिए ।
- इंग्ल्यान्डविरूद्ध दोहोरो सतक बनाउँने खेलाडी
गिलभन्दा पहिले इंग्ल्यान्डमा भएको टेस्ट क्रिकेटमा केवल दुई भारतीयले मात्र दोहोरो शतक बनाएका थिए । सन् १९७९ मा सुनील गावस्करले २२१ रन र सन् २००२ मा राहुल द्रविडले २१७ रन जोडेका थिए । दुवै ब्याटरले शतक ओभलमा बनाएक थिए ।
- टेस्टमा सातौं सर्वाधिक व्यक्तिगत स्कोर
समग्रमा गिलको २६९ रन भारतका लागि टेस्ट क्रिकेटमा सातौं सर्वाधिक व्यक्तिगत स्कोर हो ।
- बमिङघममा दोहोरो शतक बनाउने विदेशी
गिलभन्दा पहिले बमिङघममा टेस्टमा दोहोरो शतक बनाउने विदेशी ब्याटरको संख्या दुई थियो । सन् २००३ मा ग्राम स्मिथले २७७ रन र सन् १९७१ मा जहीर अब्बासले २७४ रन बनाएका थिए । गिलको २६९ रन इंग्ल्यान्डमा विदेशी ब्याटरले बनाएको आठौं सर्वाधिक स्कोर हो।
- पहिलो दुई टेस्टमै शतक
कप्तानको रूपमा आफ्नो पहिलो दुई टेस्टमै शतक बनाउने ब्याटरको संख्या (गिलसहित) ७ छ । यसअघिका ६ मध्ये तीन जना भारतीय थिए । विजय हजारे, सुनील गावस्कर र विराट कोहली पनि आफ्नो दुई टेस्टमा शतक बनाएक थिए ।
- टेस्ट र एकदिवसीय दुवैमा दोहोरो शतक
टेस्ट र एकदिवसीय दुवैमा दोहोरो शतक बनाउने ब्याटर पाँच जना पुगेका छन् । गिलसँगै सचिन तेन्दुलकर, वीरेन्द्र सेहवाग, रोहित शर्मा र क्रिस गेलले दुवै फम्र्याटमा दोहोरो शतक बनाएका छन् ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












