नेपालले दोस्रो पटक उचाल्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि
काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ। सिङ्गापुरलाई २ विकेटले हराउँदै साविक विजेता नेपालले उपाधि रक्षा गरेको हो। मलेसियाको युकेएम वाइएसटी ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलाउट भएको थियो।
मलेसियाले दिएको ११४ रनको विजय लक्ष्य पछाएको नेपालले २९ ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाउँदै पूरा गरेको हो। नेपालका लागि जोई थापाले सर्वाधिक २४ रनमा अविजित रहे। उनले ५३ बलमा तीन चौका प्रहार गरे। उनीसँगै अभय यादव १२ बलमा १० रन बनाउँदै अविजित रहे।
२९ औँ ओभरको अन्तिम बलमा अभय यादवले छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका हुन्। उनले जोई थापासँग नवौं विकेटको लागि २५ रनको अविजित साझेदारी गरे। ५८ मा ५ को स्थितिबाट जोई थापाले एक तर्फबाट इनिङ सम्हाल्दै नेपाललाई जिततर्फ लम्काएका थिए। एक तर्फबाट लगातार विकेट गइरहँदा जोईले क्रिज सम्हालेका थिए।
नेपालका लागि ओपनरद्वय परिमार्जन यादव र प्रसिद्ध जैसीले क्रमश १३ र १७ रन बनाए। श्रीवांश बजगाईले २० रन बनाए। शुभम खनालले १८ रन बनाए। लगिसिंगापुरका लागि बलिङतर्फ कपिस बेनकात्रामले सर्वाधिक ४ विकेट लिए। युवान पाण्डेले दुई विकेट लिँदा वेदांश गुप्ता र आकाश तेजाले १–१ विकेट लिए।
त्यसअघि, पहिलो इनिङमा ब्याटिङ गरेको सिंगापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए। उनले ८४ बल खेल्दै दुई चौका प्रहार गरे। कप्तान रियान नैकले १५ रन बनाए। अन्तिम विकेटका लागि क्रिजमा आएका वेदांश गुप्ता १२ रनमा अविजित रहे।
आकाश तेजा १० रनमा अन्तिम विकेटको रूपमा खनालको बलमा बोल्ड भए। सिंगापुरका लागि अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्। १२ ओभर सकिँदा सिंगापुर ६ विकेटको क्षतिमा ५३ रन बनाएको सिङ्गापुरको अन्तिम विकेटका लागि २५ रनको साझेदारी नै सर्वाधिक साझेदारी रह्यो।
३४.३ ओभरमा ९ विकेटको क्षतिमा सिङ्गापुरले १०० रन पूरा गर्यो। त्यसपछि अन्तिम विकेटका लागि आकाश तेजा र वेदांस गुप्ताले २५ रनको साझेदारी गर्दै सिङ्गापुरलाई १०० रनमाथिको लक्ष्य दिन सहयोग गरे।
नेपालका लागि सुशील बहादुर रावल र अभय यादवले समान ३–३ विकेट लिए । शुभम खनालले २ विकेट लिए। कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












