नेपालले दोस्रो पटक उचाल्यो एसीसी यू–१६ इस्ट जोन कपको उपाधि
काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ। सिङ्गापुरलाई २ विकेटले हराउँदै साविक विजेता नेपालले उपाधि रक्षा गरेको हो। मलेसियाको युकेएम वाइएसटी ओभलमा टस जितेर ब्याटिङ गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलाउट भएको थियो।
मलेसियाले दिएको ११४ रनको विजय लक्ष्य पछाएको नेपालले २९ ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाउँदै पूरा गरेको हो। नेपालका लागि जोई थापाले सर्वाधिक २४ रनमा अविजित रहे। उनले ५३ बलमा तीन चौका प्रहार गरे। उनीसँगै अभय यादव १२ बलमा १० रन बनाउँदै अविजित रहे।
२९ औँ ओभरको अन्तिम बलमा अभय यादवले छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका हुन्। उनले जोई थापासँग नवौं विकेटको लागि २५ रनको अविजित साझेदारी गरे। ५८ मा ५ को स्थितिबाट जोई थापाले एक तर्फबाट इनिङ सम्हाल्दै नेपाललाई जिततर्फ लम्काएका थिए। एक तर्फबाट लगातार विकेट गइरहँदा जोईले क्रिज सम्हालेका थिए।
नेपालका लागि ओपनरद्वय परिमार्जन यादव र प्रसिद्ध जैसीले क्रमश १३ र १७ रन बनाए। श्रीवांश बजगाईले २० रन बनाए। शुभम खनालले १८ रन बनाए। लगिसिंगापुरका लागि बलिङतर्फ कपिस बेनकात्रामले सर्वाधिक ४ विकेट लिए। युवान पाण्डेले दुई विकेट लिँदा वेदांश गुप्ता र आकाश तेजाले १–१ विकेट लिए।
त्यसअघि, पहिलो इनिङमा ब्याटिङ गरेको सिंगापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए। उनले ८४ बल खेल्दै दुई चौका प्रहार गरे। कप्तान रियान नैकले १५ रन बनाए। अन्तिम विकेटका लागि क्रिजमा आएका वेदांश गुप्ता १२ रनमा अविजित रहे।
आकाश तेजा १० रनमा अन्तिम विकेटको रूपमा खनालको बलमा बोल्ड भए। सिंगापुरका लागि अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्। १२ ओभर सकिँदा सिंगापुर ६ विकेटको क्षतिमा ५३ रन बनाएको सिङ्गापुरको अन्तिम विकेटका लागि २५ रनको साझेदारी नै सर्वाधिक साझेदारी रह्यो।
३४.३ ओभरमा ९ विकेटको क्षतिमा सिङ्गापुरले १०० रन पूरा गर्यो। त्यसपछि अन्तिम विकेटका लागि आकाश तेजा र वेदांस गुप्ताले २५ रनको साझेदारी गर्दै सिङ्गापुरलाई १०० रनमाथिको लक्ष्य दिन सहयोग गरे।
नेपालका लागि सुशील बहादुर रावल र अभय यादवले समान ३–३ विकेट लिए । शुभम खनालले २ विकेट लिए। कप्तान विपिन प्रसाद शर्माले १ विकेट लिए।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











