वाइडबडी मर्मतको तयारी टेन्डर प्रक्रियामै, बिना प्रतिस्पर्धा मर्मत सम्झौता भएको छैन्ः निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडीको इन्जिन मर्मतको तयारी टेन्डर प्रक्रियामै रहेको र प्रतिस्पर्धा बिना मर्मत गर्न दिने कुनै सम्झौता नभएको दाबी गरेको छ ।
निगमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वाइडबडी जहाजका इन्जिन मर्मत प्रक्रियामा अनियमितता भएको भन्ने आशयका समाचार भ्रामक, तथ्यहीन र कपोलकल्पित भएको उल्लेख गरेको छ। निगमले बुधबार जारि गरेको विज्ञप्तिमा यस्ता समाचारले संस्थाको साखमा आँच पुर्याउने नियत राखेको भन्दै आपत्ति प्रकट गरेको हो।
निगमका अनुसार सञ्चालनमा रहेका दुईवटा वाइडबडी विमानका चारवटै इन्जिन निकट भविष्यमा मर्मत गर्नुपर्ने भएकाले आवश्यक तयारीस्वरूप मिति २०८१ फागुन १० गते महेशकुमार मरिताको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो ।
रोयल्सरोयद्वारा उत्पादित इन्जिनको जटिल मर्मत कार्य पहिलोपटक हुन लागेको हुँदा प्राविधिक पक्ष, लागत, समय व्यवस्थापन तथा बजारका विषयमा पर्याप्त जानकारी संकलन गर्न निगमको टोली २०२५ अप्रिल २९ मा सिंगापुर गएको निगमले स्पष्ट पारेको छ। अन्तर्राष्ट्रिय प्रचलनअनुसार छलफल अघि बढाउन गैर(प्रकटीकरण सम्झौता गरिएको र कुनै पनि गोप्य सम्झौता नभएको निगमको दाबी छ।
त्यस क्रममा सिड्नी गन्तव्यका लागि सिंगापुरमार्फत प्रविधिक अवतरण र यात्रु सेवा व्यवस्थापनसम्बन्धी विषयमा पनि चाँगी विमानस्थलका निकायहरूसँग छलफल भएको जनाइएको छ। भ्रमण टोलीमा बजार व्यवस्थापन विभागका निर्देशक र वरिष्ठ कानुनी सल्लाहकारसमेत सहभागी रहेको निगमले जानकारी गराएको छ।
रोयल्सरोयसँगको छलफलमा मर्मतका जटिल प्राविधिक पक्ष, सतर्कता र प्रक्रियाबारे विस्तृत जानकारी प्राप्त भएको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता आएको निगमको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “इन्जिन मर्मतजस्तो ठूलो लगानीको प्राविधिक कार्य पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट गर्नुपर्ने भएकाले हाल उपसमिति टेन्डर दस्तावेज अन्तिम तयारीमा जुटिरहेको छ।”
निगमले यस्ता संवेदनशील विषयलाई तोडमरोड गरी सार्वजनिक गरिएका समाचारबाट भ्रमित नहुन आम नागरिक तथा सरोकारवालासमक्ष अपिल गरेको छ।
Comments
अरु समाचार
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...












