वाइडबडी मर्मतको तयारी टेन्डर प्रक्रियामै, बिना प्रतिस्पर्धा मर्मत सम्झौता भएको छैन्ः निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले वाइडबडीको इन्जिन मर्मतको तयारी टेन्डर प्रक्रियामै रहेको र प्रतिस्पर्धा बिना मर्मत गर्न दिने कुनै सम्झौता नभएको दाबी गरेको छ ।
निगमले आज एक प्रेस विज्ञप्ति जारी गर्दै वाइडबडी जहाजका इन्जिन मर्मत प्रक्रियामा अनियमितता भएको भन्ने आशयका समाचार भ्रामक, तथ्यहीन र कपोलकल्पित भएको उल्लेख गरेको छ। निगमले बुधबार जारि गरेको विज्ञप्तिमा यस्ता समाचारले संस्थाको साखमा आँच पुर्याउने नियत राखेको भन्दै आपत्ति प्रकट गरेको हो।
निगमका अनुसार सञ्चालनमा रहेका दुईवटा वाइडबडी विमानका चारवटै इन्जिन निकट भविष्यमा मर्मत गर्नुपर्ने भएकाले आवश्यक तयारीस्वरूप मिति २०८१ फागुन १० गते महेशकुमार मरिताको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो ।
रोयल्सरोयद्वारा उत्पादित इन्जिनको जटिल मर्मत कार्य पहिलोपटक हुन लागेको हुँदा प्राविधिक पक्ष, लागत, समय व्यवस्थापन तथा बजारका विषयमा पर्याप्त जानकारी संकलन गर्न निगमको टोली २०२५ अप्रिल २९ मा सिंगापुर गएको निगमले स्पष्ट पारेको छ। अन्तर्राष्ट्रिय प्रचलनअनुसार छलफल अघि बढाउन गैर(प्रकटीकरण सम्झौता गरिएको र कुनै पनि गोप्य सम्झौता नभएको निगमको दाबी छ।
त्यस क्रममा सिड्नी गन्तव्यका लागि सिंगापुरमार्फत प्रविधिक अवतरण र यात्रु सेवा व्यवस्थापनसम्बन्धी विषयमा पनि चाँगी विमानस्थलका निकायहरूसँग छलफल भएको जनाइएको छ। भ्रमण टोलीमा बजार व्यवस्थापन विभागका निर्देशक र वरिष्ठ कानुनी सल्लाहकारसमेत सहभागी रहेको निगमले जानकारी गराएको छ।
रोयल्सरोयसँगको छलफलमा मर्मतका जटिल प्राविधिक पक्ष, सतर्कता र प्रक्रियाबारे विस्तृत जानकारी प्राप्त भएको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता आएको निगमको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “इन्जिन मर्मतजस्तो ठूलो लगानीको प्राविधिक कार्य पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट गर्नुपर्ने भएकाले हाल उपसमिति टेन्डर दस्तावेज अन्तिम तयारीमा जुटिरहेको छ।”
निगमले यस्ता संवेदनशील विषयलाई तोडमरोड गरी सार्वजनिक गरिएका समाचारबाट भ्रमित नहुन आम नागरिक तथा सरोकारवालासमक्ष अपिल गरेको छ।
Comments
अरु समाचार
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
एमाले महाधिवेशन : मनोनीत १०८ प्रतिनिधिको सूचीप्रति ईश्वर पोखरेलको आपत्ति !
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका निम्ति मनोनीत १०८ प्रतिनिधिका विषयमा अध्यक्षका दाबेदार एवं वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले असमति...
-
एसिसी यु–१९ एसिया कपमा आज श्रीलंकासँग भिड्दै नेपाल !
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले श्रीलंकासँग खेल्दैछ । खेल द...
-
एमाले महाधिवेशनः उद्घाटन स्थलमा उच्च सुरक्षा सतर्कता,बम डिटेक्टर र तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशन उद्घाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको छ ।...
-
एमालेको ११औँ महाधिवेशन आजदेखि, यस्ताे छ भव्य तयारी !
काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा आजदेखि सुरु हुँदै छ । एमाले प्रचार तथा प्रकाशन...
-
जाँचबुझ आयोगले तत्कालीन गृहसचिवसँग बयान लिँदै !
काठमाडौं । जेन–जी आन्दोलनका घटनामा जाँचबुझ गर्न गठन भएको आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीसँग आज बयान लिने भएको छ। आयोगले...
-
प्रतिनिधिसभा निर्वाचनको ६० प्रतिशत काम सम्पन्नः प्रमुख निर्वाचन आयुक्त
काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यातालिकाको...
-
ओलीले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज आशन्न ११ औं महाधिवेशन तथा समसामयिक विषयमा सम्पादकहरूसँग छलफल...












