गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्यान्डको अधिवेशन तयारी तीव्र
समन्वय परिषद्को अधिवेशन सफल बनाउन निर्वाचन समिति गठन
काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्यान्डको अधिवेशनको तयारी तीव्र पारिएको छ । यो अधिवेशन सफल बनाउन वर्तमान समन्वय परिषद्का अध्यक्ष, अन्य पदाधिकारी तथा सदस्यहरु र विभिन्न संघसंस्थाका अगुवाहरु लागि परेका छन् ।
यसैक्रममा समन्वय परिषद् थाइल्यान्डको अधिवेशन सफल पार्नका लागि भर्खरै एक निर्वाचन समिति गठन गरिएको छ । विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, श्रमिक, व्यापारी, बुद्धिजीवीहरुको उपस्थितिमा परिषद् अध्यक्ष भविन्द्र वस्नेतको सभापतित्वमा वसेको बैठकले निर्वाचन समितिको संयोजकमा डा. उमेद कुमार पुन सेरपुन्जलाई चयन गरेको छ । यस्तै उक्त समितिको सदस्यहरुमा आशा पुन, भारती लिम्बुनी, जमिला कायस्ता र बेनी माधव लेखक चयन हुनु भएको छ ।
यही जुलाई २७ तारिखमा थाइल्यान्डको राजधानी बैंककस्थित पिकनिक होटेलमा अधिवेशन आयोजना गरिँदैछ । अधिवेशनबाट सन् २०२५–२०२७ कार्यकालको लागि नयाँ नेतृत्व चयन हुनेछ । वर्तमान अध्यक्ष भविन्द्र बस्नेतले दोस्रो कार्यकालमा पनि महत्वपूर्ण कार्य गर्दै जिम्मेवारी पूरा गर्नु भएको छ । बस्नेतले पहिलो कार्यकालमा एसिया प्यासेफिकको रिजनल कन्फ्रेन्स सफलतापूर्वक गर्न सफल हुनु भयो । यस्तै दोस्रो कार्यकाल सम्हालेपछि उहाँले ग्लोबल युवा सम्मेलन गर्न सफल हुनु भयो । अध्यक्ष बस्नेत आगामी अधिवेशनबाट कोही सक्षम व्यक्तिलाई नेतृत्व सुम्पिनका लागि तम्तयार हुनुहुन्छ ।
थाइल्यान्डमा बसोबास गर्दै आएका नेपालीहरुले बस्नेतले अध्यक्षका रुपमा दुवै कार्यकालमा राम्रो काम गरेको र परिषद्लाई एकीकृतरुपमा अगाडि बढाउन सफल भएको प्रतिक्रिया दिएका छन् । परिषद्का वर्तमान अध्यक्ष बस्नेत एसिया प्यासिफिक रिजनल कोअर्डिनेटर पदको दाबेदार हुनुहुन्छ ।
यसैबीच नेपाली मूलका विदेशी नागरिक (पिएनओ) का अध्यक्ष कुमार कार्कीले परिषद्को यही जुलाई २७ तारिखमा हुने अधिवेशन सफल बनाउन विशेष सहयोग गर्ने प्रतिक्रिया दिनु भएको छ । कार्की गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डका संरक्षक ÷विशेष सल्लाहकार पनि हुनुहुन्छ । समन्य परिषद्लाई विवादरहित र एकताको सगठन बनाउन कार्कीले विशेष समन्वय गर्दै आउनु भएको छ । आगामी अधिवेशनलाई सफल बनाउन पनि आफ्नो साथ सहयोग र भूमिका हुने उहाँको भनाइ छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











