गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्यान्डको अधिवेशन तयारी तीव्र
समन्वय परिषद्को अधिवेशन सफल बनाउन निर्वाचन समिति गठन
काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्यान्डको अधिवेशनको तयारी तीव्र पारिएको छ । यो अधिवेशन सफल बनाउन वर्तमान समन्वय परिषद्का अध्यक्ष, अन्य पदाधिकारी तथा सदस्यहरु र विभिन्न संघसंस्थाका अगुवाहरु लागि परेका छन् ।
यसैक्रममा समन्वय परिषद् थाइल्यान्डको अधिवेशन सफल पार्नका लागि भर्खरै एक निर्वाचन समिति गठन गरिएको छ । विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, श्रमिक, व्यापारी, बुद्धिजीवीहरुको उपस्थितिमा परिषद् अध्यक्ष भविन्द्र वस्नेतको सभापतित्वमा वसेको बैठकले निर्वाचन समितिको संयोजकमा डा. उमेद कुमार पुन सेरपुन्जलाई चयन गरेको छ । यस्तै उक्त समितिको सदस्यहरुमा आशा पुन, भारती लिम्बुनी, जमिला कायस्ता र बेनी माधव लेखक चयन हुनु भएको छ ।
यही जुलाई २७ तारिखमा थाइल्यान्डको राजधानी बैंककस्थित पिकनिक होटेलमा अधिवेशन आयोजना गरिँदैछ । अधिवेशनबाट सन् २०२५–२०२७ कार्यकालको लागि नयाँ नेतृत्व चयन हुनेछ । वर्तमान अध्यक्ष भविन्द्र बस्नेतले दोस्रो कार्यकालमा पनि महत्वपूर्ण कार्य गर्दै जिम्मेवारी पूरा गर्नु भएको छ । बस्नेतले पहिलो कार्यकालमा एसिया प्यासेफिकको रिजनल कन्फ्रेन्स सफलतापूर्वक गर्न सफल हुनु भयो । यस्तै दोस्रो कार्यकाल सम्हालेपछि उहाँले ग्लोबल युवा सम्मेलन गर्न सफल हुनु भयो । अध्यक्ष बस्नेत आगामी अधिवेशनबाट कोही सक्षम व्यक्तिलाई नेतृत्व सुम्पिनका लागि तम्तयार हुनुहुन्छ ।
थाइल्यान्डमा बसोबास गर्दै आएका नेपालीहरुले बस्नेतले अध्यक्षका रुपमा दुवै कार्यकालमा राम्रो काम गरेको र परिषद्लाई एकीकृतरुपमा अगाडि बढाउन सफल भएको प्रतिक्रिया दिएका छन् । परिषद्का वर्तमान अध्यक्ष बस्नेत एसिया प्यासिफिक रिजनल कोअर्डिनेटर पदको दाबेदार हुनुहुन्छ ।
यसैबीच नेपाली मूलका विदेशी नागरिक (पिएनओ) का अध्यक्ष कुमार कार्कीले परिषद्को यही जुलाई २७ तारिखमा हुने अधिवेशन सफल बनाउन विशेष सहयोग गर्ने प्रतिक्रिया दिनु भएको छ । कार्की गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डका संरक्षक ÷विशेष सल्लाहकार पनि हुनुहुन्छ । समन्य परिषद्लाई विवादरहित र एकताको सगठन बनाउन कार्कीले विशेष समन्वय गर्दै आउनु भएको छ । आगामी अधिवेशनलाई सफल बनाउन पनि आफ्नो साथ सहयोग र भूमिका हुने उहाँको भनाइ छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












