ताजा समाचार

त्रिवि मैदानमा आइपुग्यो फ्लडलाइट टावर

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जडान गर्न फ्लडलाइट टावर ल्याइएको छ।

फ्लडलाइट टावर बुधबार बिहान काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ल्याइएको हो।

भारतको उत्तरप्रदेशबाट ९ दिन लगाएर उक्त फ्लडलाइट टावर काठमाडौं ल्याइएको हो। त्रिवि क्रिकेट मैदान केही समयदेखि स्तरउन्नति गरिँदैछ।

४३ करोड ७७ लाख ३० हजार एक सय १३ रुपैयाँको लगानीमा बिकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्यारापिट र फ्लडलाइट जडान गर्न लागेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org