ताजा समाचार

काठमाडौँ गोर्खाजको प्रशिक्षण मोन्टीले सम्हाल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गरेको छ।

अगोर्खाजले नयाँ सिजनका लागि नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक देसाईलाई प्रशिक्षकका रुपमा भित्र्याएको हो। यसअघि देसाईले दुई वर्ष नेपाली टोलीको प्रशिक्षक भएर काम गरेका थिए। गत फागुनमा भने उनको सम्झौता क्यानले नवीकरण गरेको थिएन।

दोस्रो सिजनको एनपिएल नोभेम्बरमा हुँदैछ। त्यसअघि अगस्टमा मिनि अक्सन हुने तालिका छ। उनी सन् २०२३ देखि २०२५ अप्रिलसम्म सिनियर टोलीको प्रशिक्षक थिए। देसाईले सन् २०१७ मा नेपाली यू १९ टिमसँग ब्याटिङ सल्लाहकारका रूपमा पनि काम गरेका थिए।

देसाई मुख्य प्रशिक्षक भएपछि नेपालले एकदिवसीय मान्यता जोगाएको थियो। आइसिसी विश्वकप लिग–टु का पछिल्ला १२ मध्ये ११ खेल जित्दै सनसनी मच्चायो। प्रशिक्षक नियुक्ति भएको दुई महिनामै मोन्टीको नेतृत्वमा नेपाली क्रिकेटको साख फर्कियो। कठिन मानिएका १२ मध्ये ११ खेल जितेपछि नेपालको एकदिवसीय मान्यता चार वर्षका लागि जोगिएको थियो।

उनलाई प्रशिक्षक नियुक्त गरेसँगै काठमाडौं गोर्खाजका सर्मथक थप उत्साहित बनेका छन् । गोर्खाजको स्वमित्व काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर प्रा.लि.को सँग रहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org