काठमाडौँ गोर्खाजको प्रशिक्षण मोन्टीले सम्हाल्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गरेको छ।
अगोर्खाजले नयाँ सिजनका लागि नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक देसाईलाई प्रशिक्षकका रुपमा भित्र्याएको हो। यसअघि देसाईले दुई वर्ष नेपाली टोलीको प्रशिक्षक भएर काम गरेका थिए। गत फागुनमा भने उनको सम्झौता क्यानले नवीकरण गरेको थिएन।
दोस्रो सिजनको एनपिएल नोभेम्बरमा हुँदैछ। त्यसअघि अगस्टमा मिनि अक्सन हुने तालिका छ। उनी सन् २०२३ देखि २०२५ अप्रिलसम्म सिनियर टोलीको प्रशिक्षक थिए। देसाईले सन् २०१७ मा नेपाली यू १९ टिमसँग ब्याटिङ सल्लाहकारका रूपमा पनि काम गरेका थिए।
देसाई मुख्य प्रशिक्षक भएपछि नेपालले एकदिवसीय मान्यता जोगाएको थियो। आइसिसी विश्वकप लिग–टु का पछिल्ला १२ मध्ये ११ खेल जित्दै सनसनी मच्चायो। प्रशिक्षक नियुक्ति भएको दुई महिनामै मोन्टीको नेतृत्वमा नेपाली क्रिकेटको साख फर्कियो। कठिन मानिएका १२ मध्ये ११ खेल जितेपछि नेपालको एकदिवसीय मान्यता चार वर्षका लागि जोगिएको थियो।
उनलाई प्रशिक्षक नियुक्त गरेसँगै काठमाडौं गोर्खाजका सर्मथक थप उत्साहित बनेका छन् । गोर्खाजको स्वमित्व काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर प्रा.लि.को सँग रहेको छ।
Comments
अरु समाचार
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।...
-
कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवार !
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट...
-
बालेन शाहले मेयर पदबाट राजीनामा नदिई घण्टीघर प्रवेश गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजिनामा दिएर औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने...











